इटहरी । दशैंमा लापरवाहीले ठूलो क्षति निम्त्याउन सक्ने भएकाले सचेत रहन विभिन्न क्षेत्रका व्यक्तित्वले आग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम भन्छन् ‘तपाई हामी शहरवाट कोरोना वोकेर गाँउ जादा घरका जेष्ठ नागरिकमा सर्न सक्छ । दशै तिहार त अर्को साल पनि आँउछ तर जेष्ठ सदस्यहरु कोरोनाका कारण वित्नुभयो भने कहिल्यै पनि आउनुहुन्न ।’
जनस्वास्थ्यविद डा.रविन्द्र पाण्डे घरमा जेष्ठ सदस्य दीर्घरोगी हुनुहुन्छ भने इन्टरनेट र टेलिफोनवाट आर्शिवाद लिन सुझाव दिन्छन् । सानो लापरवाहीले ठूलो क्षति निम्तिने भएकाले सजग रहन डा.सागर राजभण्डारी पनि सुझाव दिन्छन् । भरसक शहर वाट घर नजान जानै पर्ने अवस्था भए क्वारेण्टिनमा वस्न र घर पुगिहालियो अव त केहि हुन्न भनेर हेलचेक्राई नगर्न उनको आग्रह छ ।
डा.निरज सिंहका अनुसार एकै जना ब्यक्तिले धेरैजनालाई टिका लगाउनुपर्ने भए एकजनालाई लगाइसकेपछि हात धोएर वा स्यानिटाइजर लगाएर मात्र अर्को जनालाई लगाइदिनु पर्छ । रुधाखोकी ज्वरो आएको भए टिका नलगाउन र यस वर्ष कोशेली लिने दिने नगर्न पनि उनको आग्रह छ ।
स्वास्थ्य सुरक्षाका लागि सरकारले सुझाएका उपाय अवलम्वन नगरे दशै पछि झन भयावह अवस्था आउने तर्फ विज्ञहरुले सर्तक गराएका छन ।