रामधुनी । ओखलढुंगाको खिजीकातीका एकल पुरुषलाई भत्ता दिन थालिएको छ । जिल्लामै पहिलो पटक खिजीदेम्वा गाउँपालिका ४ नम्बर वडा कार्यालयले एकल पुरुषलाई भत्ता दिन थालेको हो ।
सत्तरी वर्ष माथिकाले ज्येष्ठ नागरिक भत्ता पाउने भए पनि भत्ता पाउने उमेर नपुगेका एकल पुरुष सहाराविहीन बनेकाले वडाको बजेटबाट मासिक ५०० रुपैयाँ आर्थिक सहयोग गरिएको वडाध्यक्ष कमलप्रसाद न्यौपानेले बताए ।
अविवाहितलाई पनि भत्ता
यसैगरी ताप्लेजुङको फुङलिङ नगरपालिकाले एकल पुरुष र अविवाहितलाई मासिक एक हजारको दरले भत्ता दिएको छ । नगरको आन्तरिका श्रोतबाट ७६ जनालाई भता दिएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताए ।