रामधुनी । चाडपर्वमा हुने भिडभाडको कारण कोरोना संक्रमण थप फैलनसक्ने भन्दै प्रदेश १ का तराईका तीन जील्लामै निषेधाज्ञा लगाइएको छ । महामारी तिब्र गतिमा फैलिएसंगै सुनसरी, मोरङ र झापाका जिल्ला प्रसासनले त्यसतर्फ ध्यान दिदै निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १२ दिने निषेधाज्ञा जारी गरेको छ । चाडपर्वमा हुने भीडभाडले कोरोना संक्रमणको दर उच्च हुने निष्कर्षसहित मोरङ प्रशासनले आगामी कात्तिक १५ राति १२ सम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
सुनसरी प्रसासनले भने गत कात्तिक १ गतेदेखिनै निषेधाज्ञा जारी छ । सुनसरी प्रसासनले विभिन्न क्षेत्र तोकी निषेधाज्ञा जारी गरेको हो । प्रशासनको निर्णय सँगै सुनसरीमा दलीय कार्यक्रम गर्न पाइने छैन् । प्रशासनका अनुसार जिल्लामा सभा, सम्मेलन, शुभकामना आदान प्रदानका साथै सामूहिक रुपमा भेलाजम्मा भई कुनै पनि कार्य गर्न पाइने छैन् ।
उता झापामा पनि क्षेत्र निधारण गरी निषेधाज्ञाको आदेश जारी भएको जिल्ला प्रसासन कार्यालय झापाले जनाएको छ ।