मोरङमा अस्पताल संचालकको कोरोनाका कारण निधन

मोरङ । मोरङको पथरी शनिश्चरे १ स्थित मोरङ अस्पतालका सञ्चालकको कोरोना भाइरसका कारण निधन भएको छ ।

केही दिन अघि कोरोना पुष्टि भएर विराटनगरस्थित न्यूरो कोभिड अस्पतालको सघन उपचार कक्षमा उपचाररत रामकाजी थापाको आज विहान निधन भएको अस्पतालले जनाएको छ ।

पथरीशनिश्चरे नगरमा कोरोना भाइरसको संक्रमण बढेपछि कार्तिक ६ गतेसम्मका लागि नगरपालिका र वडा कार्यालयहरु बन्द गरिएको छ ।

स्वास्थ्यकर्मीमा फैलिएको संक्रमणका कारण असोज ३० देखि पथरी नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र पथरी बजारस्थित आधारभूत स्वास्थ्य केन्द्र समेत बन्द गरिएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.