रामधुनी । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा हुदैंछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
देवी दुर्गाको प्रतिमा स्थापना गरी पहिलो दिन कात्तिक १ गते घटस्थापना गरिएको थियो । सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, विराटनगरको काली मन्दिर, ताप्लेजुङको पाथीभरा, लगायतका शक्तिपीठहरूमा पूजाआजा हुँदै छ ।
विगतका वर्षहरुमा शक्तिपीठहरुमा घुँइचो लाग्ने गरेको भएपनि यस वर्ष कोरोना महामारीका कारण मन्दिरहरुमा पूजाआजा निशेध गरिएकाले आन्तरिक रुपमा मात्र पूजा गरिएको हो ।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ । हिन्दुहरुको महान चाड दसैं तराइका मधेशीमूलका जातजातिले पनि दुर्गा पूजाका रुपमा भव्य तरिकाले मनाउने गरेका छन् ।