बैंक लुट्दै गर्दा अमेरिकामा नेपाली पक्राउ

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा बैंक लुटपाट गर्दै गर्दा एक नेपाली पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३० वर्षीय सम्राट् लामा रहेका छन्। उनलाई गेथसवर्गमा बैंक लुटपाट गर्न लागेको अवस्थामा मोन्टगोमरी काउन्टी छैठौं डिस्ट्क्ट र गेथसबर्ग प्रहरी विभागका अधिकारीहरुले पक्राउ गरेका हुन्।

मंगलबार बिहान १० बजेर २ मिनेट जाँदा बैंकका कर्मचारीले ९११ मा फोन गरेका थिए। कर्मचारीले ६०७ नर्थ फेडरिक एभिन्युमा रहेको वेल्स फार्गो बैंकमा लुटपाट भइरहेको जानकारी दिएका थिए ।

खवर प्राप्त भएको दुई मिनेटपछि नै प्रहरीहरू बैंकमा पुगेका थिए। त्यतिबेला लामा बैंकभित्रै रहेका थिए, भाग्न पाएका थिएनन्। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा लिएको बताइएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.