रामधुनी । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या ९८ हजार ६ सय ३७ जना पुगेको छ। गत २४ घन्टामा देशभर १८ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
बिहिबार काठमाडौं उपत्यकामा २ हजार ८५ जना गरी नेपालमा अहिलेसम्मकै बढी ४ हजार ३ सय ६४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार बिहिबार १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ६१ महिला र २ हजार ८ सय ३ जना पुरुषमा संक्रमण देखिएको हो। काठमाडौंमा २ हजार ८५ जना, भक्तपुरमा १ सय ३५ जना र ललितपुरमा ३ सय २० जनामा कोरोना सक्रमण देखिएको छ ।
काठमाडौं उपत्यकामा एक हप्तामा मात्रै १० हजार बढीमा संक्रमण देखिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पूर्ण नभएका कारण संक्रमितको संख्या बढीरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
बिहिबार देशभरी सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ जना रहेको छ । बिहिबार संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६७ जना, प्रदेश नम्बर २ मा ५ सय १२ जना, बागमती प्रदेशमा ७ हजार ८ सय ८४ जना र गण्डकी प्रदेशमा ४ सय ६१ जना रहेका छन्।
यस्तै लुम्बिनी प्रदेशमा १ हजार ९० जना, कर्णाली प्रदेशमा ४ सय ४५ जना र सुदूरपश्चिम प्रदेशमा २ सय ५८ जना गरी ११ हजार ७ सय १७ जना संस्थागत आइसोलसनमा रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ८ सय २७ जना, प्रदेश नम्बर २ मा ४ सय ७५ जना, बागमती प्रदेशमा ९ हजार ८ सय २८ जना र गण्डकी प्रदेशमा ५ सय ६५ जना रहेका छन्। यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४ सय ४७ जना, कर्णाली प्रदेशमा ३ सय ४९ जना र सुदूरपश्चिम प्रदेशमा ४ सय ७६ जना गरी देशभरी १४ हजार ९ सय ६७ जना होम आइसोलेसनमा रहेका छन्।
बिहिबार आइसियुमा २ सय ३५ जना र भेन्टिलेटरमा ४२ जना संक्रमित उपचाररत रहेका छन्। बिहिबार २ हजार ६ सय ७५ जना डिस्चार्ज भएर घर फर्किएका छन्। बिहिबार सम्म प्रदेश नम्बर १ मा ६ हजार २ सय २१ जना, प्रदेश नम्बर २ मा १४ हजार ८ सय ९१ ज्ना बागमती प्रदेशमा २५ हजार ३ सय ५ जना र गण्डकी प्रदेशमा ४ हजार १ जना डिस्चार्ज भएका छन्।
लुम्बिनी प्रदेशमा १० हजार २ सय ३८ जना, कर्णाली प्रदेशमा ३ हजार ३ सय २६ जना, सुदूरपश्चिम प्रदेशमा ७ हजार ३ सय ६१ जना गरी देशभरी ७१ हजार ३ सय ४३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।