रामधुनी । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको कार्यालयबाट दिइने सबै सेवा बन्द गरिएको छ ।
बिहिबार एक सूचना जारी गर्दै प्रशासनले कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावशयक बाहेकका सबै सेवा आगामी २६ गते सम्मका लागि बन्द गरेको जनाएको छ ।
शान्ति सुरक्षा र मुद्दालगायतका काम भने हुने प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।