रामधुनी । इटहरीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पुष्टि हुनेहरुमा इटहरी १ का ३१ बर्षीय पुरुष, इटहरी ४ का ३८ बर्षीय पुरुष, इटहरी ६ का ३२ बर्षीय पुरुष, इटहरी ८ का ५६ बर्षीय पुरुष र २८, ५० बर्षीया महिला, इटहरी १२ का २९ बर्षीय पुरुष र २४, २८, ३०, ३३ बर्षीया महिला र इटहरी २० का, ७ बर्षीय बालक रहेका छन् ।
आफै स्वाब दिएका इटहरी ४ का ५४ बर्षीय पुरुष, इटहरी ५ की ६१ बर्षीया महिला, इटहरी ७ का ६८ बर्षीय पुरुष, इटहरी २० का ३४ बर्षीय पुरुष र २५ बर्षीया महिला रहेका छन् ।
यो सँगै इटहरीमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ६ सय ५३ जना पुगेको छ । भने कोरोनाका कारण ५ जनाले ज्यान गुमाई सकेका छन् ।