इटहरी । नेकपा सुनसरी सचिवालय सदस्य रामबहादुर निरौलाको कोरोना संक्रमणका कारण निधन भएको छ । दुहवी निवासी अधिवक्ता तथा सामाजिक अभियन्ता ५० वर्षीय निरौलाको ग्रान्डी अस्पताल काठमाडौमा उपचारका क्रममा हिजो वेलुका निधन भएको हो ।
उनलाई न्यूमोनिया भएपछि उपचारका लागि काठमाडौ लगिएको थियो । त्यहाँ परीक्षणका क्रममा कोरोना संक्रमण समेत देखिएको थियो । उनको केहि दिन देखि भेण्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
लायन्स क्लव ३२५ ए वन इष्ट जोनल चेयर पर्सन समेत रहेका निरौला समाज सेवामा सक्रिय थिए । उनका दुई छोरी र श्रीमती छन् ।