इटहरी । आज देशका एक–दुई ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
बंगालको खाडी नजिकै बनेको न्यून चापीय क्षेत्रको प्रभावले प्रदेश १ को एक दुई ठाउँमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अरु ठाउँको मौसम खुल्दै गएको छ । यस्तै अरु प्रदेशको मौसम पनि घाम लाग्दै बादल लाग्नेछ ।
यसैगरी राति प्रदेश १ का एक दुई ठाउँमा हल्का पानी पर्ने र अरु प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने महाशाखाले पूर्वानुमान गरेको छ ।