उदयपुरका विभिन्न स्थानबाट लागुऔषधसहीत ८ जना पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका २ स्थित फत्तेपुरबाट लागुऔषध सहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा त्रियुगा १२ का १९ बर्षीय रजामुदिन अन्सारी, २० बर्षीय मिलन बिश्वकर्मा, बर्ष २० कै सागर पौडेल, २२ बर्षीय शिब अधिकारी, बर्ष २२ कै बिशाल मगर र २४ बर्षीय दिलिप घिमिरे रहेका छन ।

बिशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाइ फत्तेपुरबाट नियन्त्रणमा लिएको हो । उनिहरु माथी चेकजाँच गर्दा फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल गरी १०५ एम्पुल लागुऔष फेला पारी बरामद गरेको हो । उनिहरुले प्रयोग गर्ने स १ प ३२२४ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ ।

यसैगरी उदयपुरको प्रहरी टोलीलेनै उदयपुर त्रियुगा ६ लालपत्ताबाट लागुऔषध सहित दुई जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कृष्ण सबरमका ३१ बर्षीय प्रबेश मिया र २६ बर्षीया हजारुम खातुन रहेका छन ।

प्रहरीले उनिहरुको साथबाट फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल गरी १८० एम्पुल लागुऔषध फेला पारी बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका आठै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.