इटहरी । इटहरी उपमहानगरपालिकाले संस्थागत विद्यालयको शुल्क निर्धारण गर्न अनलाइन सर्वेक्षण गरिरहेको छ । एक हप्तासम्म चल्ने सर्वेमा अविभावकलाई अनलाइन सर्वे फम भर्न उपमहानगरले आग्रह गरेको छ । फममा आफना छोराछोरी पढने विद्यालय, कक्षा र कति शूल्क तिर्न चाहनुहुन्छ भन्ने लगायत प्रश्न गरिएको छ ।
सस्थागत विद्यालयको शूल्क निर्धारण गर्न अनलाइन सर्भे मार्फत अविभावकको राय लिइएको उपमेयर तथा शूल्क निर्धारण समिति संयोजक लक्ष्मी गौतमले जानकारी दिनुभयो । सरकारले सस्थागत विद्यालयको शूल्क निर्धारण गर्न स्थानीयतहलाई अधिकार दिएको छ ।
सर्वेमा आएका कुरा, अविभावक, शिक्षक, संस्थागत विद्यालय संचालक सवै सँग सल्लाह गरेर शुल्क निर्धारण गरिने गौतमले वताइन् । उनका अनुसार अनलाइन कक्षा चलाइरहेका सस्थागत विद्यालयहरुले अनलाइन कक्षा चलाउदा झन मेहनत लागेको भन्दै शूल्क वृद्धि गर्नुपर्ने माग गरेका छन ।
अविभावकले भने अनलाइन शिक्षा प्रभावकारी नभएको जनाउदै मोवाइलमा हेरेको पनि शूल्क तिर्नुपर्छ र ? भन्दै प्रश्न गर्ने गरेका छन । नीजि विद्यालयका शिक्षकहरुले त लामो समयदेखि तलव नपाउदा नुन तेल किन्नै समस्या परेको वताउदै उपमहानगरलाई सहजिकरणका लागि आग्रह गरेका छन ।