प्रदेश १ मा पानीमा डुबेर तथा खोलाले बगाएर ३ जनाको मृत्यु

सुनसरी । सुनसरी, उदयपुर र मोरंगमा पानीमा डुबेर तथा खोलाले बगाएर ३ जनाको ज्यान गएको छ । बुधवार घर नजिकै जमेको पानीमा साथीहरुसंगै पौडी खेल्न गएकी सुनसरीको दुहवी नगरपालिका–८ की १० बर्षीया नन्दनी ऋषिदेवको ज्यान गएको हो ।

यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका–३ का ५५ बर्षीय पदम मगरको धपड खोलाले बगाएर मृत्यु भएको छ । बुधवार साँझ पौने ७ बजेको समयमा घरबाट बिरेन्द्रबजार तर्फ जाँदै गर्दा बिच बाटोमा रहेको धपड खोला तर्ने क्रममा अचानक खोलाको बाढीले बगाएर बेपत्ता भएका मगरलाई खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला पारिएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

यसैगरी मोरङको रङगेली नगरपालिका–३ बस्ने डोलेन्द्र बिष्टको १८ महिने छोरा सोमरात बिष्टको नहरको पानीमा डुबेर मृत्यु भएको छ । घरदेखी करिव १५० मिटर पुर्वमा रहेको नहरको पानीमा डुबेर बालक मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय रङगेलीबाट प्रहरी टोली खटिएको थियो । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.