No Result
View All Result
Tuesday, December 16, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

जन्मदिनमा लाग्ने खर्च समाजशेवामा

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १, २०७७
in अन्तर्राष्ट्रिय, समाचार, समाज
0
Share on FacebookShare on Twitter

रियाद। तपाईं आफ्नो जन्मदिन वा विवाह वर्ष गाँठ मनाउदा के गर्नु हुन्छ ? केक काट्नु हुन्छ, राम्रा राम्रा कपडा किन्नु हुन्छ र सजिनु हुन्छ, साथिभाई आफ्ना आफन्त बोलाउनु हुन्छ, आशीर्वाद लेनदेन गर्नु हुन्छ केही उपहारहरु लिनु हुन्छ अनि मीठो मीठो खाना सबैलाई खुवाउनु हुन्छ ? सम्भव भए राम्रा राम्रा गीतहरुमा रमाउनु हुन्छ नाच्नु हुन्छ ।

तर यहाँ एक यस्तो समाजसेवी जोडिको कुरा उल्लेख गर्दै छौं जसले आफ्नो जन्मदिन र बिबाह वर्ष गाँठको अवसरमा यी सम्पुर्ण गर्ने खर्चलाई समाजसेवामा लगाउनु भएको छ । हो वहाँहरु हुनुहुन्छ समाजसेवी अमृत पौडेल र वहाँकि धर्मपत्नी लक्ष्मी पौडेल ।

वर्षौं देखि साउदिमा रोजगारीको लागि आउनु भएको र रोजगारलाई फराकिलो पार्दै अहिले आफ्नै व्यवसाय संचालन गर्दै आउनु भएका व्यवसायिक रुपमा कार्यरत अमृत पौडेलले आफ्नो वैवाहिक वर्ष गाँठ र त्यसको भोलिपल्ट नै जन्मदिन परेको हुनाले वहाँले यी दुबै मनाउदा लाग्ने खर्च ६० हजार रुपैयाँ बराबरको समाजसेवामा खर्च गर्ने घोषणा गेरका थिए ।

प्रवासमा भएर पनि विभिन्न संघ संस्थामा आबद्ध भएर समाज सेवा गरिरहनु भएका पौडेल यहाँ समस्यामा परेका हरेक नेपालीलाई सहयोग गर्नुका साथै नेपालमा समेत अफ्ट्यारोमा परेका परिवार, व्यक्तिलाई सहयोग गरिरहनु भएका वहाँ परिवारमा जो कसैको जन्मदिन आएपनि उक्त अवसरमा कुनै न कुनै सामाजिक कार्य र सहयोग गर्दै आएका छन् ।

पारिवारिक समाज नेपाल साउदिका अध्यक्ष, अन्तर संस्था समन्वय समिती रियादका अध्यक्ष, सृजना सांस्कृतिक समूहमा अध्यक्ष लगायत अन्य धेरै संस्थामा सल्लाहकारको रूपमा वहाँ आबद्ध हुनुहुन्छ अमृत पौडेल भने श्रीमती लक्ष्मी पौडेल अन्तर संस्था समन्वय समिती रियादकी महिला संयोजक छिन् । त्यस्तै पारिवारिक समाज नेपाल साउदिको सदस्य छिन् । साथै अन्य विभिन्न संघ संस्थामा पनि आबद्ध छिन् ।

यहि भदौ ३१ गत्ते पर्न गएको आफ्नो ४० औं जन्मदिन र ३० गत्ते पर्न गएको १२ औं वैवाहिक वर्ष गाँठको अवसरमा आफुले विगतमा पनि सहयोग गर्दै आएको र यो पटक भने विशेष कोरोनाको कारण पिडित भएकाहरुलाई सहयोग गर्ने हेतुले आफुले नेपालका लागि ३० हजार र साउदिमा पिडित नेपालिको लागि ३० हजार रुपैयाँ छुट्याइएको जानकारी अमृत पौडेलले दिए ।

खर्च कटौती गरेपछि आफुले भने केकको सट्टा खर्बुजा काटेर जन्मदिन मनाएका छन् । आफ्नो जन्मदिनको अवसरमा धेरै साथिभाईलाई बोलाउने इच्छा भएपनि कोरोनाको कारण १० जना भन्दा बढी जमघट हुन नसकेकोमा आफुलाई क्षमा गरिदिन अनुरोध गरे ।

पारिवारिक समाज नेपाल, कास्की सेवा समाज,सृजना सांस्कृतिक समूह, पीटि अन्लाईन न्यूज, मोरङ्ग, सुन्सरी सेवा समाज, नेपाली साझा मन्च, एनआरएनए साउदीका प्रतिनिधी, झापाली समाज साउदी लगायतका संघ संस्थाका प्रतिनिधि उपस्थित भएको सो कार्यक्रममा अमृत पौडेलले आफ्नो फेसबुक एकाउन्ट मार्फत प्रत्यक्ष प्रसारण गर्दै आफू सङ्ग विभिन्न ६ वटा प्रस्ताव सहयोगका लागि आएको जानकारी दिदै नाम घोषणा गरे ।

१) स्वेफ नेपाल काठमाडौ (स्वेता केसि) अनाथ बालबालिकाहरुको रेखदेख पालनपोषण गर्ने संस्था ।
२) कल्पना बिश्वकर्माको ९ वर्षीय छोरी जसको एक वर्ष अगाडि तिघ्राको हड्डी भाँचिएको र त्यहाँ स्टिल राखिएको तर अहिले पैसा अभावमा उक्त स्टिल निकाल्न नसकेको ।
३) दिर्घमान जो दुवै आँखा देख्नु हुन्न र आफन्त पनि कोहि नभएको ।
४) अनिता सुवेदी मृगौला पिडित
५) अमित आले दुवै मृगौला फेल
६) थमन गुरुङ्ग बाढी पिडित
माथी उल्लेखित पिडितहरुलाई तत्काल सम्पर्क गरि सहयोग उपलब्ध गराउने घोषणा गरे । उक्त रकम टेलिमनीबाट नेपाल पठाउदा आफुले कुनै चार्ज नलिने टेलिमनिका नेपाली मेनेजर जितेन्द्र थपलियाले जानकारी दिए ।

ShareTweetPin
Previous Post

प्रदेश १ मा पानीमा डुबेर तथा खोलाले बगाएर ३ जनाको मृत्यु

Next Post

संचारकर्मी भट्टराईले गरे मृत्युपर्यन्त आँखा र छाला दान गर्ने घोषणा

Next Post

संचारकर्मी भट्टराईले गरे मृत्युपर्यन्त आँखा र छाला दान गर्ने घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.