इटहरी । ६ महिना देखि होटल व्यवसाय वन्द गर्नु पर्दा करोडौको नोक्सानी भएको इटहरीका व्यवसायीहरुले गुनासो गरेका छन । होटल व्यवसायी संघ इटहरीले आयोजना गरेको एक कार्यक्रममा होटल व्यवसायीहरुले आफुहरु घर भाडा र बैंक व्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेको गुनासो गरेका हुन ।
प्रदेश नम्बर १ का कानुन मस्यौदा समितिका संयोजक रेवतीरमण भण्डारीको प्रमुख आतित्यता तथा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने व्यवसायीहरुले लामो समयको वन्दका कारण घर भाडा र बैक व्याज कसरी तिर्ने भनेर सताउन थालेको गुनासो गरे ।
व्यवसायीहरुको व्याज र भाडाका समम्वन्धमा सम्वन्धित पक्षले ध्यान दिनु पर्नेमा जोड दिए । उनीहरुले व्यवसायीको करौडांैको लगानी डुब्ने अवस्थामा पुग्दा समेत सरकारले कुनै पनि किसिमको राहतको प्याकेज नल्याउदा आफुहरु उदास बन्नु परेको भन्दै राहतको प्याकेज ल्याउन सरकारसंग माग समेत गरे ।
लामो समयको वन्दका कारणहरु मारमा परेको भन्दै केही दिन पहिले सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाउदै स्वास्थ्य सुरक्षा अपनाउदै आगामी असोज १ गते देखि होटल व्यवसाय सञ्चालन गर्ने जानकारी गराए । सोही अवसरमा हाल सरुवा भएर इलाका प्रहरी कार्यालय इटहरीको प्रमुखको जिम्मेवारी समाल्न आएका डिएसपी अर्जुन केसीलाई व्यवसायीहरुले स्वागत सम्मान गर्दै शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रशासनलाई आग्रह समेत गरे ।