No Result
View All Result
Wednesday, February 4, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : महामारीमा पनि निरन्तर

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २५, २०७७
in पत्रपत्रिका, समाचार, हेडलाइन
0
Share on FacebookShare on Twitter

काठमाडौं । अहिले जसरी नै काम भइरहे पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्ष तयार हुन सक्ने अवस्था छ । रनवे, एप्रोन, पाइपलाइन, ट्याक्सी वे, ट्रान्सफर्मर र विद्युत् पाइपलाइनका काम सकिएका छन् ।

एक्सेस रोड र टर्मिनल बिल्डिङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । १४ भवनको संरचना बनेर फिनिसिङको चरणमा छन् ।

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन । राष्ट्रिय गौरवको आयोजनामध्येको यो विमानस्थलको ६३ प्रतिशत काम सकिएको छ । सन् २०२१ को जुलाईसम्ममा सक्ने योजनासहित ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले काम गरिरहेको छ । कोरोना महामारीका समयमा पनि निर्माण रोकिएको छैन । तस्बिर स् दीपक परियाररकान्तिपुर‘कोरानाको यत्रो महामारीका बेला पनि काम चलिरह्यो,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मी भन्छन्, ‘विमानस्थलको ६३ प्रतिशत काम सकिएको छ ।’ विमानस्थल निर्माण चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीले गरिरहेको छ ।

कम्पनीका कामदार चिनियाँ नयाँ वर्ष मान्न गएका बेला गत माघदेखि चीनमा कोरोनाको महाव्याधि सुरु भएको थियो । त्यसले गर्दा कतिपय कामदार अझै आउन पाएका छैनन् । जति आइपुगे, सबैलाई क्वारेन्टाइनमा राखेरमात्रै काम लगाइएको छ । मुनकर्मीका अनुसार नयाँ विमानस्थलमा हाल २ सय ४४ चिनियाँ र १ सय २८ नेपालीले काम गरिरहेका छन् । चीनबाट आउनुपर्ने २ सयजना प्राविधिक र कामदार भने अझै उतै रोकिएका हुन् । ‘फिल्डमा भएका जति सबैले खटेर काम गरिरहेका छन् । केही सामान ल्याउन अप्ठेरो भएको थियो,’ उनले भने, ‘कोलकाताबाट वीरगन्ज भएर अब बिस्तारै आइपुग्दैछ । काम भइरहेको छ ।’

यो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग चार दशकअघिदेखि हुँदै आएको थियो । निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि पोखरेली पर्यटनलाई धेरै फाइदा पुग्ने आकलन गर्दै व्यवसायीले धमाधम होटल रेस्टुरेन्ट निर्माणमा लगानी बढाएका छन् । लामो समयको आन्दोलन र बहसपछि सरकारले राष्ट्रिय गौरवकै आयोजनाको सूचीमा राखेको विमानस्थल अब सञ्चालन हुने दिनलाई पोखरेली पर्यटन व्यवसायीले पर्खिरहेका छन् ।

आयोजना धमाधम निर्माण भइरहँदा सञ्चालनपछि जहाजलाई उडान अवतरणका क्रममा चरा ठोक्किएर हुन सक्ने जोखिमबारे भने अध्ययन नभएकामा वातावरणवादीले चिन्ता जनाएका छन् । विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) मै पनि चराबाट हुन सक्ने दुर्घटनाको जोखिमप्रति खासै ध्यान दिइएको छैन । ईआइए प्रतिवेदनमा रैथाने र आगन्तुक चरासँगै उनीहरूका गतिविधिबाट उडान अवतरणका क्रममा हुन सक्ने जोखिमको आकलन गरिएको छैन ।

०३२ सालमै ३ हजार १ सय ५० रोपनी अधिग्रहण गरिएको जग्गालाई बिस्तार गर्दै ०७३ साउनबाट राष्ट्रिय गौरवको आयोजनाको निर्माण सुरु भएको हो । लामो समयावधिबाट खुला फाँट र खेतीयोग्य जमिन रहेको उक्त ठाउँ गिद्ध र चिलको चरण रहिआएको थियो । मैदानको बीचबाट बग्ने सेती नहरले सिनो बगाएर ल्याउँथ्यो । खान गिद्ध र चिल हारालुछ गर्थे । विमानस्थल निर्माण सुरु भएपछि पनि उक्त क्षेत्रलाई गिद्ध र चिलले छाडिसकेका छैनन् ।

विमानस्थलको धावनमार्गको नजिकै फुर्सेखोला छ । खोलामा पनि सिनो बगेर आइपुग्छन् । आहाराको खोजीमा उडिरहने चराका गतिविधि यहाँ चलिरहेकै हुन्छ । सिनो भेटिने अर्को विजयपुर खोला धावनमार्गको पूर्वपट्टि छ । गल्फ कोर्टभन्दा तलपट्टि रहेको उक्त खोलाले बगाएर ल्याएको सिनो खाइसकेपछि गिद्धलाई उडान लिन सजिलो हुन्छ ।

पोखरा अन्तर्राष्टिय विमानस्थल निर्माण सुरु हनुअघि त्यस ठाउँमा देखिएका गिद्ध । फाइल तस्बिर : हेमन्त ढकाल

पोखरा पन्छी समाजले गरेको अध्ययनअनुसार निर्माणाधीन विमानस्थलको २ किलोमिटर वरिपरिको हवाई दूरीमा पर्ने क्षेत्रका रूखमा गिद्धका गुँड भेटिएका छन् । समाजका अध्यक्ष मनशान्त घिमिरेका अनुसार ३ सयभन्दा बढी गिद्धको गतिविधि विमानस्थल र वरिपरिको क्षेत्रमा देखिन्छ । जमिन तातेपछि गिद्धको उडान गतिविधि बढी देखिन्छ । तातो हावाले उड्न सजिलो बनाउँछ । गर्मीमा बिहान ८ देखि १२ बजेसम्म र साँझ ३–४ बजेदेखि खुला मौसम भएको समयमा गिद्ध बढी उड्न रुचाउँछ । पहिले खाना पाइने ठाउँ भएकाले विमानस्थल वरिपरि गिद्ध घुमिरहन्छन् । गिद्ध, चिल जस्ता चराको गतिविधि भइरहँदा विमानस्थल सञ्चालनमा आएपछि जहाजसँग ठोक्किने सम्भावना उनी औंल्याउँछन् ।

‘संसारभर बर्सेनि चरा र विमान ठोक्किएर सयौं दुर्घटना हुन्छन्,’ उनले भने, ‘निर्माणाधीन विमानस्थल गिद्धकै बासस्थान रहेकाले विमान उडान र अवतरणमा समस्या आउन सक्छ ।’ दुर्घटनाको जोखिम कम गर्ने उपायमाथि पनि काम गरिनुपर्ने उनले बताए ।

समाजले सन् २०१५ देखि हालसम्म गरेको अध्ययनअनुसार विमानस्थल भएको क्षेत्र पोखरा–१४ मा र १ सय ६२ प्रजातिका चरा भेटिएका छन् । तीमध्ये उडानका हिसाबले गिद्ध, चिल, गरुड, बगेडीलगायत चरा हवाईजहाजका लागि जोखिम हुन सक्ने संरक्षणकर्मी हेमन्त ढकाल बताउँछन् । फेवाबाट रूपा र बेगनासलगायत तालसम्म डुल्ने पानीचराका उडानबाट समेत दुर्घटनाको जोखिम हुने उनले बताए । विमानस्थल वरपर गिद्ध, चिल र अन्य मांसाहारी चराको गतिविधि हुने अर्को मुख्य कारण हो, नजिकै रहेको ल्यान्डफिल साइट । पोखरा महानगरको फोहोर व्यवस्थापन गरिने उक्त ल्यान्डफिल साइट विमानस्थल भएकै वडामा पर्छ । त्यहाँ आहारा खोज्न आइपुग्ने गिद्ध र चिलको ठूलै बथान हुन्छ ।

हिउँद लागेपछि फिरन्ते प्रजातिका चरा पूर्वबाट पश्चिम आउँछन् । तीनैमध्ये एक हो, संकटापन्न अवस्थामा रहेको गोमायु महाचिल । कात्तिक महिनाभर मंगोलियाबाट तिब्बत हुँदै ठूलो संख्यामा नेपाल प्रवेश गर्छन् । गोमायु महाचिल जस्तै बोक्सी चिल, पहाडी श्येन बाज, मधुहा, काँधचन्द चिल, सानो बौडाइ, सानो बाज, जुंगे चिरान्तक बाज, लागर बाज, शाही बाजलगायत चरा खानाको खोजीमा पोखरा वरपर आउँछन् । पोखराको ल्यान्डफिल साइट, घाचोकको गिद्ध रेस्टुरेन्ट, अन्नपूर्ण संरक्षण क्षेत्र यी फिरन्ते चराका आहारास्थल हुन् । मुख्यतः ल्यान्डफिल साइटकै कारण खानाको खोजीमा यी चरा निर्माणाधीन विमानस्थल वरपर घुम्छन् ।

हालको पोखरा विमानस्थलमा कालो चिलले बेलाबेलामा दुःख दिन्छ । निर्माणाधीन विमानस्थलमा पनि गिद्ध, चिल र केही मांसाहारी चराले दुःख दिन सक्ने चिन्ता संरक्षणकर्मीको छ । ‘गिद्धले व्यक्तिलाई असर नगरे पनि उनीहरूको उडानका कारण विमानसँग ठोक्किने सम्भावना रहन सक्छ,’ ढकाल भन्छन् । विमानस्थल वरपर आउने चरालाई बन्दुक पड्काएर, टल्किने तार (रिफ्लेक्टर) राखेर, ग्यासको प्रयोग गरेर धपाउने गरिन्छ । गिद्धको बासस्थान र ल्यान्डफिल साइटसमेत नजिकै भएको अवस्थामा यी उपायहरू प्रभावकारी हुनेमा उनी शंका गर्छन् । दमौली वरपर गिद्ध रेस्टुरेन्ट खोलेर गिद्धको ध्यान उतै मोड्न सके पोखरामा गतिविधि कम हुन सक्ने उनी सुझाउँछन् । ‘यी काम ईआईएमै समेटिनुपर्थ्यो,’ उनी भन्छन् ।

विमानस्थलका वातावरणविज्ञ दीपक गुरुङ निर्माणाधीन विमानस्थल वरपर चराका बासस्थान र गतिविधिबारे अध्ययन भइरहेको दाबी गर्छन् । ‘यो क्षेत्र पहिले गिद्धको बासस्थान थियो,’ उनले भने, ‘उक्त बासस्थान कसरी स्थानान्तरण गर्ने भन्नेमा विज्ञसँग छलफल चलाउँछौं ।’ डिभिजन वन कार्यालय, एक्याप र बीसीएनलगायत र वातावरण विज्ञसँग छलफल चलाउने उनले बताए ।

संरक्षणकर्मी कृष्ण भुसाल अर्बौं रुपैयाँ लगानीमा बन्ने विकास परियोजनाले वातावरणलाई पारेको प्रभाव बिर्सिने गरेको बताउँछन् । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सुरक्षालाई लिएर संरक्षणकर्मी चिन्तित बनेको उनले बताए । ‘त्यहाँ विश्वमै दुर्लभ गिद्धको बासस्थान हो,’ उनी भन्छन्, ‘ती प्रजाति विस्थापित होलान् भन्ने चिन्ता छँदै छ, दुर्घटना निम्तिएर ठूलो क्षति हुने हो कि भन्ने बढी चिन्ता छ ।’ पहिले नै गिद्धको बासस्थान अन्यत्र सारेर त्यहाँ आउने बानी छुटाउन आयोजना चुकेको उनको भनाइ छ । ल्यान्डफिल साइट पनि सार्दा गिद्धलगायत चराको गतिविधि तत्कालै नघट्ने उनले बताए । ‘८–१० वर्षअघिदेखि नै त्यस्तो अभ्यास हुनुपर्थ्यो,’ उनले भने, ‘अहिलेसम्म आहाराका लागि गिद्धलगायत चरा अन्यत्रै जाने बानी पर्ने थियो ।’

ल्यान्डफिल साइट सार्न विलम्ब

पोखरा–१४ बाच्छेबुडुवामा ०६१ मा ल्यान्डफिल साइट सञ्चालनमा आयो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार ल्यान्डफिल साइट विमानस्थलभन्दा १३ किलोमिटर पर हुनुपर्छ । हाल पोखराको ल्यान्डफिल साइट निर्माणाधीन विमानस्थलबाट ३ किमि मात्रै पर छ । आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार विमानस्थल निर्माण सुरु हुने बेलामै ल्यान्डफिल साइट हटाउन पोखरा महानगरपालिकालाई पत्र पठाइएको थियो । आफू आयोजना प्रमुख भएर आएपछि पुनः पत्र पठाएको र महानगर प्रमुख मानबहादुर जीसीसँग पटकपटक बैठक भएको उनले बताए । ‘ल्यान्डफिल साइटकै कारण चराको गतिविधि धेरै हुन्छ भन्नेमा हामी सचेत छौं,’ उनले भने, ‘उहाँहरू (महानगर) ले ठाउँ खोज्दै छौं भन्नुभएको छ ।’

महानगर प्रमुख जीसीले गत बिहीबारको कार्यपालिका बैठकमा ल्यान्डफिल साइटको व्यवस्थापनका सम्बन्धमा छलफल चलेको बताए । ‘अहिले भइरहेकैलाई ढाकेर चलाउने प्रविधि अपनाउने कि नयाँ ठाउँ खोज्ने भन्ने छलफल भइरहेको छ,’ उनले भने, ‘त्यति धेरै जग्गा अब एकै ठाउँमा पाउने सम्भावना कम हुन्छ ।’ कुन मोडलमा जाने भन्ने एक महिनाभित्र टुंगो लाग्ने उनको दाबी छ ।

ल्यान्डफिलको २ सय रोपनी जमिनमध्ये ८० रोपनीमा फोहोर व्यवस्थापन हुन्छ । कोरोना महामारी सुरु भएयता दैनिक १ सय ५० टन फोहोर ल्यान्डफिल साइट पुग्छ । त्यसअघि दैनिक २ सय टन फोहोर व्यवस्थापन हुने गरेको ल्यान्डफिल साइटका इन्चार्ज रेशम जीसीले बताए । ‘अहिले पनि सिनो पर्नेबित्तिकै गिद्ध र चिलले घेर्छन्,’ उनले भने, ‘पहिला चिल धेरै हुन्थे, अहिले गिद्धको संख्या पनि बढेको छ ।’

नेपालमा चरासँग ठोक्किएर कति दुर्घटना भयो भन्ने नागरिक उड्डयन प्राधिकरणसँग यकिन तथ्यांक छैन । सन् १९४६ देखि २०१६ सम्म मुलुकमा चरासँग ठोक्किएर भएका जहाज दुर्घटनाको अध्ययन गरेका एरोनटिक विज्ञ विके यादवको प्रतिवेदनअनुसार यस्ता घटनाका विवरण प्राधिकरणले प्रस्ट राखेकै छैन । नेपालमा वन्यजन्तुको जोखिम प्रतिवेदन (वाइल्डलाइफ हाजार्ड रिपोर्ट २०१७) ले यहाँका विमानस्थलमा वन्यजन्तु तथा चराको उच्च जोखिमको सम्भावना औंल्याएको छ । हाल सञ्चालनमा रहेका पोखरा विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थल, नेपालगन्ज विमानस्थल र विराटनगर विमानस्थल उडान अवतरणका क्रममा जहाजलाई चराको उच्च जोखिममा छन् ।

नेपालमा सन् १९९६ मा पहिलोपल्ट चरासँग ठोक्किएर थाई एयरवेजको ए–३०० एयरबस दुर्घटनामा परेको थियो । त्यतिखेर ६ चिल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वेमा मृत भेटिएका थिए । चरासँगै ठोक्किएर भएको ठूलो जहाज दुर्घटना भने सन् २०१२ को सेप्टेम्बरमा भयो । काठमाडौंबाट लुक्लाका लागि उडेको डोर्नियर २२८ विमान ब्ल्याक ब्ल्याक काइट (कालो चिल) सँग ठोक्किएर दुर्घटना हुँदा चालक दलसहित विमानमा रहेका १९ जनाकै निधन भएको थियो ।

आजको कान्तिपूर दैनिकमा दीपक परियारले लेखेका छन् ।

ShareTweetPin
Previous Post

कोरोना बिमा भुक्तानीमा आनाकानी

Next Post

छोरी जन्माएकै कारण परिवारबाट एक्लिनुको व्यथा! (भिडियोसहीत)

Next Post

छोरी जन्माएकै कारण परिवारबाट एक्लिनुको व्यथा! (भिडियोसहीत)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.