No Result
View All Result
Thursday, July 10, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

खासमा म पढेर आएको हैन परेर आएको मान्छे हुँ :अनिता बैजु

सुमनकुमार भट्टराई by सुमनकुमार भट्टराई
भदौ २३, २०७७
in अन्तर्वार्ता, मनाेरञ्जन, हेडलाइन
0
Share on FacebookShare on Twitter

अनिता बैजु नेपालकी नयाँ पुस्ताका लागि चर्चित डान्सर तथा कलाकार हुन् । देशमै बसेर अनिताले धेरैलाई आफुमा लुकेर रहेको कला प्रस्तुत गरेर मनोरञ्जन दिलाएकी छिन् । सँधै अरुलाई मनोरञ्जन दिलाउने पेशा अंगालेकी बैजुको जन्म बुवा प्रेम बहादुर बैजु र बिमला बैजुकको को कोखबाट २०५२ साल भाद्र २८ गते भएको हो । उनै कलाकार बैजुसँग फलैचान्यूजले गरेको कुराकानी ।

तपाईंको कलाकारीताको यात्रा कसरी र कहाँबाट सुरु भयो ?
म सानो छँदा रेडियोमा गित सुन्ने नाच्ने गर्थे त्यतिवेलादेखिनै मलाई नाच्ने र क्यारिकेचर गर्ने रुचि जागेको थियो र नाच्न र क्यारिकेचर गर्न थाले यसरीनै भयो मेरो कलाकारीताको यात्र सुरु ।

आज–भोलि के मा व्यस्त हुनुहुन्छ ?
आज–भोलि म नेपाल टेलिभिजनबाट प्रशाारण हुने गोलमाल र हालत खराब भन्ने हास्य टेलि सिरियलमा ब्यस्त छु ।

कलाकारीताको क्षेत्रमा लागेकोमा कतिको सन्तुष्ट हुनुहुन्छ ?
एकदम सन्तुष्ट छु । बच्चै देखिको मेरो रहर थियो त्यो भखर पुरा हुँदैछ । तर कहिलेकाँही चित्त दुख्दो रहेछ । कला हुँदा हुँदै पनि नेपालमा अवशर अलि कम आउँछ तेतिबेला अलि अलि दुःख लागेर आउँछ । समग्रमा भन्ने हो भने सन्तुष्ट नै छु ।

कस्तो खालको कला सबैभन्दा बढी प्रस्तुत गर्नु हुन्छ ?
म एउटा कलाकार मात्र नभएर, एउटा डान्सरपनि हुँ । डान्सपनि गर्ने गर्छु । जुन धेरै कमले मात्र गर्ने गर्छन् । विषेश गरेर म लभ स्टोरीमा अभिनय गर्ने गरेको छु । सबै भन्दा बढी यो नै गछू भन्ने छैन ।

तपाँईलाई दर्शकले के भनेर चिन्नु हुन्छ नी ?
मलाई दर्शकले डान्स नै भनेर अलि बढी चिन्नु हुन्छ । डान्स गर्ने पनि कलाकारनै हो । हास्य टेलि सिरियलमा म भख्खरै आएको हुँ ।

आगामी दिनमा कलाकारीतालाई कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ ?
नेपालमा धेरै कलाकारहरु हुनुहुन्छ । उहाँहरुसँग म पनि भख्खरै प्रवेश गर्दै छु । मैले कलाकारीतालाई अघि बढाउनु मेरो दायित्व हो । त्यहि भएर अब म धेरै नेपाली कलाकारीतामा समय दिने सोचमा छु । म भित्र धेरै कमिकमजोरीहरु छन् जुन कमिकमजोरीलाई बहिर फाल्दै कलाकारीताको क्षेत्रमा निखारपन ल्याउनु छ ।

खासमा तपाईंले क्यारिकेचर कसरी सिक्नु भयो ?
पहिले देखिनै सडक नाटक लिएर हिड्ने गरेको थिएँ । क्यारिकेचरनै भनेर चाँहि मैले कुनै क्लास लिएको छैन ।

तपाईको कलाकारीताको यात्रालाई तारिफ गर्ने र गाली गर्नेहरुका लागी के भन्नुहुन्छ ?
तारिफ गर्नेहरु धेरै जना अगाडीबाट वा–वा भन्छन् तर पछाडीबाट कुरा काटिरहन्छन् । मनबाटै तारिफ गर्नेहरु कमै हुन्छन् । जसले मलाई गाली गर्छन नी त्यो वेला चाँही अझै राम्रो गर्नुपर्ने रहेछ भन्ने लाग्छ । तारिफ र गालि दुबै मन पर्छ किन भने तारिफ मात्र सुनियो भने अगाडी बढ्न सकिदैन तर गालि पनि सुनियो भने मलाई हिम्मत बढ्छ । र अझै कलाकारीताको क्षेत्रमा अगाडि बढ्न मद्दत पुग्छ । त्यसैले म तारिफ र गालि गर्ने दुबैलाई धन्यवाद भन्न चाहान्छु ।

अनि तपाँईको पढाई चाहिं कहाँसम्म पुग्यो ?
मैले स्कुल पढ्दा पढ्दै बिचमा छाड्नु पर्याे म सानो छँदा मेरो बुवा खस्नुभयो घरको ठुलो मान्छे खसेपछि आमाले दुःख सुःख घरपरिवार चलाउनु भयो घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण आमाले मलाई पढाउन सक्नु भएन । कला क्षेत्रमा संघर्ष गर्ने शिलशिलामा मैले विद्यालयमा गएर पढे भन्दा धेरै शिक्षा आर्जन गरेको छु । खासमा म पढेर आएको हैन परेर आएको मान्छे हुँ । अरुले बोलेको अंग्रेजी बुझ्न सक्छु र फर्काउन सक्छु ।

बिबाह गर्नुभयो ?
मेरो बिवाह भएको छैन । बिवाह भन्दा पनि मेरो बुवा त हुनुहुन्न तर आमाको सपना पुरा गर्नु छ । त्यसैले अहिले विवाह गर्ने सोचमा छैन । बिवाह भन्दा पनि कर्म नै ठुलो ठान्छु म त्यसैले अहिले मेरो र बाबा आमाको सपना पुरा गर्छु बिवाह त बिस्तारै गर्दा भईहाल्छ नि ।

विदेशका कार्यक्रमहरुमा कत्तिको अफर आउने गर्छ ?
विदेशबाट धेरै अफर आउँछ । पहिला अफर आउँदा म सँग राहदानी थिएन र जान पाईन । यसपली मलाई अमेरिकाबाट र दुवई बाट अफर आएको छ ।

लकडाउनमा कसरी वित्यो तपाईका दिनहरु के के गर्नुभयो ?
लकडाउनमा सुटिङ्गको काम नभएकाले धेरै लामो सयम पछि घर परिवार र साथिहरुलाई समय दिन पाएँ अनि बुनाईका कामहरु सिक्ने मौका पाएँ यसरी नै बित्यो मेरा लकडाउनमा मेरा दिनहरु ।

लकडाउनले कस्तो पाठ सिकायो तपाइलाई ?
लकडाउले नयाँ नयाँ सिप सिकायो, त्यो भन्दा पनि महत्पुर्ण कुरा हाम्रो स्वास्थ्य भन्दा ठुलो केहि छैन । यो समयमा घरमै बसेर केहि गर्नु पर्ने रहेछ भन्ने पाठ सिकायो ।

अन्त्यमा, तपाईंका दर्शकलाई के भन्न चाहानुहुन्छ ?
मेरा सम्पुर्ण दर्शकलाई म के भन्न चाहान्छु भने तपाईंहरुको मायाले नै म यो स्थानसम्म आइपुगेको छु । अझै साथ सहायोगको आसा गर्दछु । मेरालागि माया, अवार्ड, परिवार जे भनेपनि तपाईं दर्शक नै हो । अनि आफ्ना कुराहरु राख्ने अवसर दिनु भएकोमा फलैचान्युज डट कम अनलाईन परिवारलाई पनि हृदयदेखि नै धन्यबाद दिन चाहान्छु ।

ShareTweetPin
Previous Post

बन्द होटल खोल्छौंः होटल व्यवसायी संघ

Next Post

आफैँ जचाउन गएका दुई सहित इटहरीमा थपिए २० संक्रमित

Next Post

आफैँ जचाउन गएका दुई सहित इटहरीमा थपिए २० संक्रमित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.