आफैँ जचाउन गएका दुई सहित इटहरीमा थपिए २० संक्रमित

रामधुनी । इटहरीमा आज थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो कुराको जानकारी उपमहानगरका प्रेस संयोजक लिलाराज भट्टराईले उल्लेख गरेका छन् ।

संक्रमण पुष्टि भएकामा वडा नं १ मा २ जना १३ र ४५ वर्षिय महिला, इटहरी ८ का २ जना ३४ वर्षिय महिला र ५५ बर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

यसैगरी इटहरी ११ मा ६ जना १४, २०, ३५, ५८ वर्षिय महिला र १२, ६५ वर्षिय पुरुष, इटहरी १२ मा ७ जना ११, २१, ४८ वर्षिय महिला र ११, २५, २७, ५५ वर्षिय पुरुष, इटहरी १३ मा १ जना ३५ बर्षीय महिलामा संक्रमण देएिको छ ।

प्रदेश ल्याबमा आफै गएर परीक्षण गरेका वडा नं १ का २ जना ५२ वर्षिय महिला र ५६ बर्षीय पुरुषमा पनि संक्रमण देखिएको भट्टराईले उल्लेख गरेका छन् । यो संगै इटहरीमा कोरोना पुष्टी भएको संख्या २ सय ६८ पुगेको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.