विराटनगर । विराटनगर स्थित नोबेल मेडिकल कलेजले उपचार गरेको शुल्क तिर्न नसक्दा सप्तरीका एक दलितको शव रोकेर राखेको छ । उपचारका क्रमममा गत शनिबार मृत्यु भएका सप्तरीको महुली गाउँपालिका ६ मोहनपुरका ६७ वर्षीय सनमन सार्कीको शव अस्पतालमै रहेकोले आफन्तले अन्तिम संस्कार गर्न पाएका छैनन् ।
सार्कीको उपचार र औषधी वापतको ११ लाख रुपैयाँ तिर्नुपर्ने बाँकी रहेको अस्पतालले जानकारी दिएको छ । पैसा तिर्नसक्ने क्षमता आपूmहरुको नभएको र शव लैजान अस्पतालले नदिएकोले बुबाको अन्तिम संस्कार गर्न नपाएको छोरा नविनको गुनासो छ ।
अस्पतलाका जनसम्पर्क अधिकृत नारायण दाहालले तिर्नुपर्ने शुल्क धेरै भएकोले प्रशासनले निर्णय गर्नसक्ने अवस्था नभएको बताउनुभयो । यसबारेमा अध्यक्ष सुनिल शर्माले मात्र डिसिजन दिनसक्ने उहाँको भनाइ छ । सुकुम्बासी बस्तीमा बस्दै आएका मृतक सनमन र उनको परिवार दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने गर्दछन् ।