नेकपाले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिययसभामा लैजाने निर्णय गरेको छ ।

यसअघि फागुन १४ गते पनि नेकपाले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो ।

बिहीबार बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा  पार्टीको केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रिय सभाको एक रिक्त पदमा मन्त्रिपरिषद्ले मनोनयन गर्ने सरकार पुगेको जानकारी गराएका थिए ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here