No Result
View All Result
Thursday, July 17, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रासायनिक मलमा कालोबजारी,व्यापारी फरार

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १८, २०७७
in अपराध, कृषि, समाचार, हेडलाइन
0
Share on FacebookShare on Twitter

भोजपुर । भोजपुरमा रासायनिक मलमा कालोबजारी भेटिएको छ ।

किसानलाई तोकिएको मूल्यभन्दा चारगुणा बढी मूल्यमा रासायनिक युरिया मल बिक्री गरेको पाइएको हो ।

स्थानीय व्यापारी अर्जुन कटुवालले प्रतिबोरा ७ सय ८५ रुपैयाँ पर्ने मल प्रतिबोरा २ हजार ५ सयमा किसानलाई बेचेको पाइएको हो ।

आफु खुशी मुल्य तोकेर गाउँमा मलको कालोबजारी गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले ढुवानी गर्ने चालक र गाडीलाई नियन्त्रणमा लिएको र व्यापारी कटुवाल भने सम्पर्कविहीन रहेको प्रहरी जनाएको छ ।

कोरोनो महामारीका बेला खाद्यान्न र मालबाहकका सवारी साधानलाई जिल्ला प्रवेश गराउने जिल्ला सङ्कट व्यवस्थापन समितिको निर्णय भए पनि समितिको निर्णयलाई उल्लङ्घन गर्दै मोरङको सलकपुरबाट व्यापारी कटुवालले रातारात मल ल्याई चारगुणा बढी मूल्यमा किसानलाई मल विक्री गरेको खुलेको हो ।

गत बुधबार राति व्यापारी कटुवालले अनाधिकृत रुपमा ‘उत्तम ब्राण्ड’ को ४० बोरा युरिया मल अरुण गाउँपालिका ५, याकुको ओदानेमा मिनीट्रकबाट झार्ने क्रममा गाउँका केही युवाहरुले देखेपछि व्यापारी कटुवालले गाडी चरम्बीको छाम्ताङ पठाएका थिए । गाउँमा अनधिकृत मल विक्री हुँदैछ भन्ने सूचना आएपछि प्रहरी चौकी प्याउलीबाट गएको प्रहरी टोलीले मलको बोरा रहेको को १ ख ३४६६ नम्बरको मिनीट्रक नियन्त्रणमा लिएको थियो ।

मल ल्याएर आउने क्रममा धनकुटाको लेगुवा र भोजपुरको जरायोटार प्रहरी चेक पोष्टमा प्रहरीले सोधपुछ गर्दा ‘गाडीमा कुखुराको चारो छ’ भनी झुक्याएर लगेका थिए । तर ओदानेमा गाडी रोकिएपछि चालकलाई स्थानीयले सोधपुछ गर्दा याकुका व्यापारी अर्जुन कटुवालको मल ल्याएको बताएका थिए । सो मलको कुनै पनि बिल भरपाई नहुँदा कहाँबाट कति मूल्यमा मल ल्याएको भन्ने खल्न नसकेको प्रहरीले जनाएको छ ।

मिनीट्रकमा जुत्ता, चप्पल, रंग लगायत हार्डवेयरका सामग्रीमा ४० बोरा मल लुकाएर ल्याइएको थियो । यसअघि पनि कटुवालले मल विक्री गर्दा वास्तविक मूल्यभन्दा तेब्बर बढी मूल्यमा बेचेको खुलेको छ ।

बुधबार प्रहरीले नियन्त्रणमा लिएको ४० बोरा अनधिकृत मलको अनुसन्धानको लागि चालकसहित जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याइएको प्रहरीले जनाएको छ । मल कसले कसरी ल्याएको हो भन्ने अनुसन्धान भइरहेको प्रहरी निरिक्षक प्रदीप लामाले बताए ।

Tags: मलमा कालोबजारीव्यापारी अर्जुन कटुवाल
ShareTweetPin
Previous Post

नेकपाले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने

Next Post

करेन्ट लागेर १ को मृत्यु

Next Post

करेन्ट लागेर १ को मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.