काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ सय २८ जना कोरोनाका संक्रमित थपिएका छन्।
हालसम्म नेपालमा संक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
मंगलबार देशभर थप एक हजार ६९ जनामा कोरोना संक्रमण देखिएको थियो भने बुधबार ११ सय २० जना संक्रमित थपिएका थिए ।