विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोपको आकश्मिक वा आपतकालीन प्रयोगका लागि स्वीकृति दिँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले त्यसतर्फ सचेत हुनु पर्ने बताएको छ ।
डब्लुएचओले विकासको क्रममा रहेको खोपको आकश्मिक प्रयोगका लागि स्वीकृति दिँदा अति गम्भीर बन्नु पर्ने र त्यसबाट पर्न सक्ने प्रभावहरुप्रति सचेत हुनु पर्ने बताएको हो । डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले हरेक देशसँग खोपको पूर्ण परीक्षण बिना प्रयोगका लागि स्वीकृति प्रदान गर्ने अधिकार रहेको भए पनि त्यसलाई हल्का रुपमा लिन भने नहुने उल्लेख गरेको हो ।
कुनै पनि नयाँ खोपको प्रयोगपूर्व पूर्ण तहको परीक्षण हुनु पर्ने र त्यसको प्रभावकारिता तथा सुरक्षालाई लिएर शतप्रतिशत विश्वस्त हुनु पर्ने उहाँको भनाई छ । माहामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर हालसम्म २ करोड ५६ लाख भज्दा धेरै मानिस संक्रमित छन् । ति मद्यये ८ लाख ५५ हजारले ज्यान गुमाउँदा १ करोड ८० लाखको हाराहारीमा निको भएको वल्डोमिटरले जनाएको छ ।