७ लाख बराबरको ओरीयन्स कम्पनीको औषधी बरामद

झापा । झापाको शिवसताक्षी नगरपालिका ८ स्थित राजमार्गबाट करिव ७ लाख बराबरको भन्सार छली गरी ल्याएको ओरीयन्स कम्पनीको औषधी बरामद गरिएको छ ।

मोटरसाईकल र एउटा स्कुटरमा सवार गरी आएका ६ जना मानिसहरुलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा औषधी फेला पारेको हो ।

भारतबाट ३०७ वटा बट्टामा प्याक गरी नेपाल तर्फ चोरी तस्करी गरी अबैध रुपमा ल्याएको पाईएपछी सो कम्पनीको औषधी बरामद गरिएको र बरामद औषधी, मानिस तथा सवारी साधनहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.