मोरङ । मोरङ बेलबारी ८ बस्ने २८ बर्षीया फुलकुमारी धिमालको करेन्ट लागेर ज्यान गएको छ ।
आफ्नै घरमा पंखा जोडने क्रममा अचानक करेन्ट लाग्दा धिमालको ज्यान गएको हो ।
करेण्ट लागि बेहोस भएकी फुल कुमारीको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।