काठमाडौं । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यू भएको छ ।
लामो समयदेखि मुटुको समस्या रहेर उपचाररत चालिसेको मंगलबार बिहान गंगालाल अस्पतालमा मृत्यू भएको हो ।
गंगालाल अस्पतालमा मुटुकै उपचाररत उनको मंगलबार बिहान मृत्यू भएको उनका भाइ कृष्णराज चालिसेले जानकारी दिए ।
पाँच दिन अघि शहिद गंगालाल अस्पतालमा भर्ना गरेपछि उपचारकै क्रममा उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।
चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट अवकाश पाएका थिए ।