No Result
View All Result
Sunday, November 9, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

भैरहवाका आयूर्वेद आचार्यको दाबी : कोरोना निको पार्ने औषधि बन्यो

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १३, २०७७
in समाचार, स्वास्थ्य, हेडलाइन
0
Share on FacebookShare on Twitter

विश्वका विभिन्न देशहरुले कोरोना भाइरस विरुद्धको औषधीबारे अध्ययन गरिरहेको बेला रुपन्देहीमा एक जना जडीबुटीका अनुसन्धानकर्ताले कोरोना निको पार्ने आयुर्वेद औषधी तयार पारेको दाबी गरेका छन् ।

आयूर्वेद आचार्य विगत २९ वर्षदेखि जडीबुटीमा अनुसन्धान गर्दै आएका रुपन्देही भैरहवाका डा. बद्री गौतमले कोरोना भाइरसका लक्षणलाई निको पार्ने ‘अर्कबटी’ नामक आयूर्वेद औषधी तयार पारेको दाबी गरेका हुन्।

उनले कोरोना संक्रमित १ सय ५० जनाले उक्त औषधी सेवन गरेको मध्ये १ सय ३५ जनालाई निको भइसकेको जनाए । यसमध्ये बाँकी रहेकाहरुले पनि औषधी सेवन गरिरहेका छन्। नेपालमा पाईने ५ प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरि अर्कबटी नामक आयूर्वेद आषैधीको गोली तयार पारिएको गौतमले बताए ।

गौतमले चिनको बुहान प्रान्तमा कोरोना भाइरसका कारण मानिसहरूको मृत्यू भएको खबर सुन्नसाथ जडिबुटीबाट आयूर्वेद औषधी निर्माणबारे अध्ययन थालेका थिए । २५ सय वर्ष पहिले ऋषि आत्रैयराज अत्रीले पत्ता लगाएको सुत्र अनुसार श्वासप्रश्वास र पाचन नलीमा आउने समस्यालाई निको पार्न प्रयोग गरिएको जडिबुटीलाई कोरोना विरुद्धको औषधी बन्ने सक्ने भन्दै त्यहि विधि अनुसार औषधी तयार पारिएको उनको भनाई छ । गौतमले व्यक्तिगत १५ लाख रुपैयाँ लगानी गरेर उक्त आयूर्वेद औषधी तयार पारेका हुन्।

‘फागुनमै मैले यो औषधी तयार पारेको थिएँ, सरकारी निकायलाई पनि आयूर्वेद औषधीका रुपमा प्रयोग गर्न सुझाए’ आयूर्वेद आचार्य गौतमले भने, ‘सरकारले यो औषधीबारे कुनै चासो लिएन ।’ शुरुमा कसैले पनि नपत्याएपछि भारतका केही स्थानमा कोरोना संक्रमितलाई वितरण गरेका थिए । त्यहाँबाट निको भएको जानकारी आएपछि विस्तारै नेपालका सरकारी अस्पतालमा परीक्षणका लागि संक्रमितलाई दिन आग्रह गरेको उनले बताए ।

भिम अस्पताल भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा समेत औषधी पठाइएको थियो । तर, मान्यता प्राप्त नभएकाले अस्पतालले औषधी बिरामीलाई दिएन । अहिले भने रुपन्देहीमा समुदाय तहमा कोरोना संक्रमण फैलिएपछि एकाएक अर्कबटीको माग बढेको छ । ‘रुपन्देही र भारतका केही स्थानमा गरेर १ सय ५० जना कोरोना संक्रमितले औषधी सेवन गरेका छन्, सबैलाई निको बनाएको छ’ गौतमले भने । यो औषधीको प्रयोग गरेमा कोरोनाबाट हुने मृत्यूदर घट्ने र अहिले जस्तो अतालिनुपर्ने अवस्था नै नआएको दाबी उनको छ ।

आयुर्वेद आचार्य बद्री गौतमले कोरोना रोगका लागि तयार पारेको अर्कबटी नामक आयूर्वेद औषधी । तस्बिर: नागरिक न्यूजबाट

पछिल्लो दुई साता यता रुपन्देहीमा समुदाय तहमा व्यापक रुपमा कोरोना संक्रमण फैलिएपछि यो औषधीको माग अत्यधिक बढेको छ । भैरहवामा कोरोना संक्रमित एक जना महिलाले औषधी सेवन पश्चात श्वासप्रश्वासमा सुधार आएको बताईन । उनले भनिन, ुमलाई संक्रमण थियो, मेरो श्रीमानको कन्ट्रयाक ट्रेसिङ भयो, तर रिपोर्ट नआउँदै आत्तिएपछि अर्कबटी नै खानुभयो, अहिले सुधार भएको छ ।’ ती संक्रमित महिला भैरहवा स्थित मेडिकल कलेजमा कार्यरत कर्मचारी हुन । ६५ वर्षीया संक्रमितका श्रीमानले भने, ‘मैलै यो औषधी आएपछि धेरै सुधार भएको छ ।’

औषधी विभागमा दर्ता प्रक्रिया शुरु

लामो समयदेखि जडिबुटीकै अध्ययनमा लागेका गौतमले यो औषधीको बारेमा आयूर्वेद विभाग र सरकारी निकायलाई जानकारी गराएपनि वेवास्ता गरिएको बताए ।

उनका अनुसार औषधी व्यवस्था विभागमा श्वासप्रश्वास, रुघा र पाचनसँग सम्बन्धित रोग निको पार्ने औषधीका रुपमा दर्ता गर्ने गरि प्रक्रिया अघि बढाइएको छ । उनले ५ प्रकारका जडीबुटी र धातु मिश्रित यो औषधी विभागमा आयूर्वेद औषधीको रुपमा दर्ता भएपछि बैधानिक रुपमा बजारमा ल्याउने बताए । ुयो औषधीले कोरोना संक्रमितलाई सहजै बचाउन सकिन्छ ।’ उनले भने । सरकारले यो औषधीलाई प्रवद्र्धन गरेमा विश्व स्वास्थ्य संगठनबाट कोरोना औषधीको रुपमा ल्याउन सकिन्छ ।

स्वाद थाहा नपाउने, गन्ध थाहा नपाउने, ज्वरो, पखला र वान्ता हुने लक्षणका बिरामीले १० दिनसम्म दिनमा दुई पटक दुई वटा गोली खाए निको हुने दावी उनको छ । सामान्य लक्षण नदेखिएकाले भने दिनमा १ गोलीका दरले साँझ र विहान गरि दुई पटक सेवन गर्न सकिने मापदण्ड तय गरेको छ । उनका अनुसार देशैभरबाट यो औषधीको माग बढिरहेको छ ।

भैरहवामा त्रयम्बकम् जडिबुटि सहकारी लिमिटेड स्थापना गरेका गौतमले जडीबुटीबाटै देशलाई समृद्ध बनाउनुपर्छ भन्ने अभियान्ता पनि हुन । २०६८ सालदेखि जडिबुटी सहकारी स्थापना गरेर विभिन्न प्रजातीका जडिबुटिको प्रवद्र्धन र संरक्षण तथा अनुसन्धान गर्दै आएको छ । यो सहकारीले जडिबुटि खेती समेत गर्दै आएको छ । नागरिकन्यूजबाट

Tags: ‘अर्कबटी’कोरोना निको पार्ने औषधिकोरोनाको औषधिभैरहवाका डा. बद्री गौतम
ShareTweetPin
Previous Post

एकै दिन थपिए प्रदेश नं १ मा १ सय १२ जनासंक्रमित

Next Post

बाँदरलाई हानेको बन्दुकको छर्रा लागेर एक बालकको मृत्यु

Next Post

बाँदरलाई हानेको बन्दुकको छर्रा लागेर एक बालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.