एकै दिन थपिए प्रदेश नं १ मा १ सय १२ जनासंक्रमित

विराटनगर । पछिल्लो २४ घण्टाको प्रदेश नं १ मा १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितहरुमा ३४ जना महिला र ७८ जना पुरुष रहेका छन् ।  सामाजिक विकास मन्त्रालयलका अनुसार मोरङमा ४७ जना , सुनसरीमा २४ जना, झापामा १९ जना, धनकुटाका १९जना, संखुवासभामा २ जना र प्रदेश बाहिरका एक जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा मोरङको विराटनगरमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १० जना महिला र ११ जना पुरुष रहेका छन् । त्यस्तै, मोरङको कटहरीमा ६ जना महिला, ९ जना पुरुष, पथरी शनिश्चरेमा ७ जना पुरुष, सुन्दरहरैचामा १ जना महिला, १ जना पुरुष, बेलबारीमा १ जना पुरुष र सुनबर्सीमा १ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यस्तै सुनसरीको इटहरीमा २ जना महिला र ७ जना पुरुष, दुहवीमा ३ जना महिला र ६ जना पुरुष, धरानमा २ जना महिला र ४ जना पुरुष, झापाको दमकमा ७ जना महिला र ९ जना पुरुष, झापा गाउँपालिकामा १ जना महिला र २ जना पुरुष, धनकुटा नगरपालिकामा १ जना महिला र १८ जना पुरुष, संखुवासभाको खाँदबारीमा २ जना पुरुष तथा प्रदेश बाहिरकी १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार २ सय १६ जना पुगेको छ ।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.