खोटाङ । खोटाङमा बाँदरलाई हानेको भरुवा बन्दुकको छर्रा लागेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ऐंसेलुखर्क गाउँपालिका ४ जलेश्वरी थापागाउँका का १२ बर्षीय बालक शैलेन्द्र तामाङ रहेका छन् ।
शुक्रबार रातको समयमा सोही गाउँपालिका २४ वर्षीय मानकाजी तामाङले सुठुनीबारीमा बाँदर धपाउनलाई हानेको बन्दुकको छर्रा लाग्दा बाललको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाकका प्रहरी नायब उपरीक्षक नारायण चिमरिया जानकारी दिए ।
प्रहरीले गोली हान्ने व्याक्तिलाई शनिबार बिहान पक्राउ गरेको जनाएको छ ।
मृतक बालकका बुवा आमा बैदेशिक रोजगारीका लागि विदेशमा रहेको र बालक आफन्तकोमा बसिरहेको चिमरियाले बताए । पक्राउ परेका तामाङलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।