इटहरीमा थपिए ९ जना संक्रमित,संख्या १ सय १० पुग्यो

रामधुनी । इटहरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत भदौ ७ गते गरेको परिक्षण मध्ये नौ जनाको रिपोर्ट पोजेटिभ आएसँगै  इटहरीमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको हो ।

संक्रमण पुष्टि हुनेहरुमा इटहरी–६ का ४६ बर्षीय पुरुष, इटहरी–९ का ५ बर्षीय बालक, ४४ वर्षीय पुरुष र ५५ वर्षीया महिला रहेको इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाले जानकारी दिए ।

त्यस्तै, इटहरी–१० का ३७ बर्षीय पुरुष, शसस्त्र प्रहरी वल पकलीका २८ र ३२ बर्षीय पुरुष, ईलाका प्रहरी कार्यालय इटहरीका ३२ र ३६ बर्षीय थुनुवामा संक्रमण देखिएको उनले बताए ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.