रुपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना पुरुषकोे मृत्यु भएको छ ।
मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका १ का ५० वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डाक्टर बिष्णु गौतमले जानकारी दिए ।
मधुमेह, रक्तचापलका विरामी रहेका ती पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि भदौ ५ गतेदेखि अस्पतालमा राखेर उपचार भइरहेको थियो ।
बुधबार बेलुका स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको भए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अहिलेसम्म ६ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ । कपिलवस्तुका ३, रुपन्देहीका २ र प्यूठानका एकजना कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गएको हो ।