No Result
View All Result
Tuesday, May 20, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कलाकारिता सँगै व्यवसाय क्षेत्रमा रमाउँदै एलिना बास्कोटा

सुमनकुमार भट्टराई by सुमनकुमार भट्टराई
भदौ ११, २०७७
in अन्तर्वार्ता, मनाेरञ्जन, हेडलाइन
0
Share on FacebookShare on Twitter

एलिना बास्कोटा नेपालकी चर्चित कलाकार हुन् । देशमै बसेर एलिनाले धेरैलाई मनोरञ्जन दिलाएकी छन् । सँधै अरुलाई मनोरञ्जन दिलाउने पेशा अंगालेकी बास्कोटाको जन्म बुवा ठाकुर बास्कोटा र आमा हिरा बास्कोटाको कोखबाट २०५५ सालमा भारतको कलकत्तामा भएको हो । उनै कलाकार एलिना बास्कोटासँग फलैचा न्यूजले गरेको यो कुराकानी

तपाईंको कलाकारीताको यात्रा कसरी र कहाँबाट सुरु भयो ?
मैले थडा इन्टरनेस्नल नामको एउटा कम्पनी सञ्चालन गरेको थिएँ । जुन कम्पनीले आइ टि को काम गर्थो । त्यतिवेला म १८ वर्षको थिएँ । कामकै शिलशिलामा चलचित्र पत्रकार सविन शाक्य सर सँग भेट भएको थियो । उहाँले यति धेरै मिहेनतका साथ काम गर्दै हुनुुहुन्छ । तपाईंको एउटा अन्तरवार्ता गर्नुपर्ला एक जना पत्रकार हुनुहुन्छ । उहाँ सँग म कुरा गर्दिन्छु भन्नु भयो । उहाँ चाहिँ राजधानी पत्रिकाको डब्बु क्षेत्री सर हुनुहुन्छ । उहाँले मेरो पहिलो अन्तरवार्ता लिनुभएको थियो । त्यसपछि उहाँले कभरकालागी केहि फोटोहरु खिच्नु भयो । उहाँले भन्नुभयो फोटोहरु धेरै राम्रो छ । हजुरले मोडलिङमा भिड्नु भयो भने राम्रो हुन्छ भन्ने कुरा गर्नुभयो । कसै कसैको शब्दले पनि धेरै ठुलो बाण हुन जाँदो रहेछ । मैलेपनि सोचि रहेको थिएँ अव केहि गर्नुपार्यो भनेर मलाई सानै देखि एकदमै रहर थियो । मिडिया लाईन तिर काम गर्र्ने यसरी नै सुरुभयो मेरो कलाकारिताको यात्रा ।

आज–भोलि के मा व्यस्त हुनुहुन्छ ?
अहिले कोरोनाको माहामरीले गर्दा म घरमै छु । मैले बी.के डग ब्रीडर भन्ने फम संचालन गरेको छु । म ब्रीडर पनि हुँ । अहिले ब्रीडिङ गर्दै छु । यसमै व्यस्त छु ।

कलाकारीताको क्षेत्रमा लागेकोमा कतिको सन्तुष्ट हुनुहुन्छ ?
कलाकारिताको क्षेत्रमा आर्थिकमा भने धरै कम कलाकारहरु सन्तुष्ट हुनुहुन्छ होला । बच्चै देखिको मेरो रहर थियो त्यो पुरा हुँदैछ । म चाहिँ कलाकारिता क्षेत्रमा लागेको एकदम सन्तुष्ट छु ।

कस्तो खालको कला सबैभन्दा बढी प्रस्तुत गर्नु हुन्छ ?
म एउटा कलाकार हुँ जो आवश्य परेको खण्डमा जो स्क्रिप्टमा हुन्छ, मोडलिङमा हुन्छ म सबै खालका प्रस्तुती दिने गर्छु । म मोडलिङ, कमेडि, एक्टिङ समेत गर्छु । त्यसले गर्दा म सबैखाले गर्छु । त्यस्तो चुजि छैन म परेको खण्डमा सबै खालको कला प्रस्तुत गर्छु यो नै बढी प्रस्तुत गर्छु भन्ने छैन ।

तपाँईलाई दर्शकले के भनेर चिन्नु हुन्छ नी ?
म त्यति ठुलो कलाकार हैन । म सिक्दै गरेको कलाकार हूँ । त्यसले गर्दा मलाई दर्शकले कलाकार एलिना नै भनेर अलि बढी चिन्नु हुन्छ ।

आगामी दिनमा कलाकारीतालाई कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ ?
नेपालमा धेरै कलाकारहरु हुनुहुन्छ । उहाँहरुको भिडमा म पनि छु । मैले कलाकारीतालाई अघि बढाउनु मेरो दायित्व हो । म भित्र धेरै कमिकमजोरीहरु छन् जुन कमिकमजोरीलाई बहिर फाल्दै कलाकारीताको क्षेत्रमा निखारपन ल्याउनु छ ।

खासमा तपाईंले क्यारिकेचर कसरी सिक्नु भयो ?
मैले मोडलिड, क्यारिकेचर, डान्स केहिपनि सिकेको छैन । म सानै उमेर देखि काम गर्न सुरु गरेर आएँ । यो सबै दर्शकहरुको मायाँ र भगवानको उपहार हो । पहिला सिक्ने अवसर पाईन बरु अहिले सिक्दै छु ।

तपाईको कलाकारिताको यात्रालाई तारिफ गर्ने र गाली गर्नेहरुका लागी के भन्नुहुन्छ ?
अहिले सम्म मैले मलाई गाली गर्ने दर्शक भेटेको छैन । म त्यति ठुलो कलाकार हैन । म परिश्रममा विश्वास गर्छु । सबै दर्शकहरुको मायाँ पाएको छु । म गालिलाई खासै नराम्रो रुपमा लिन्न किनकी उहाँहरुले हाम्रै राम्रको लागि गाली गर्नु भएको हुन्छ । के विषयमा गाली खाएँ त्यो ठिक हो या हैन भन्ने तिर लाग्छु ।

अनि तपाँईको पढाई चाहिं कहाँसम्म पुग्यो ?
मैले चितवनमा मामाको घरमा बसेरे प्लस टु सम्मको अध्ययन गरेँ । कलाकारिता र व्यवसायिकताको क्षेत्रमा संघर्ष गर्ने शिलशिलामा मैले विद्यालयमा गएर पढे भन्दा धेरै शिक्षा आर्जन गरेको छु । खासमा म पढेर आएको हैन परेर आएको मान्छे हुँ ।

विवाह गर्नुभयो ?
मेरो बिवाह भएको छैन । बिवाह भन्दा पनि ठुलो मेरा सपनाहरु छन् । त्यसैले अहिले विवाह गर्ने सोचमा छैन । विवाह भन्दा पनि कर्म नै ठुलो ठान्छु म अहिले मायाँमा परेको छु भन्नु पर्छ ।

विदेशका कार्यक्रमहरुमा कत्तिको अफर आउने गर्छ ?
विदेशका कार्यक्रमहरुमा धेरै अफर हरु आउने गर्छन तर म जान पाएको छैन । मैले आफ्नो व्यवसायले गर्दा जान पाईन । केहि समय अगाडी पोर्चुगलको अफर आएको थियो तर कोरोना आएर विदेशको यात्रा कोरिदियो भन्नुपर्छ । म नेपाल भन्दा बाहिर भारत मात्र गएको छु । करिब ८ वर्ष अगाडी महानायक राजेश हमाल ज्यू सँग दिल्ली, हैदरावाद लगायका स्थानमा १४ वटा कार्यक्रमहरु गर्ने अवशर मिलेको थियो । जतिवेला मैले कलाकारीताको क्षेत्रमा पाहिला टकेको थिएँ । अव कोरोना पछि के हुन्छ हेरौँ ।

लकडाउनमा कसरी बित्यो तपाईका दिनहरु के के गर्नुभयो ?
लकडाउनमा सायद म जस्तो व्यस्त कोहि भएन होला । मेरो बी.के डग ब्रीडर फममै लकडाउनको समय बित्यो भन्नु पर्छ ।

लकडाउनले कस्तो पाठ सिकायो तपाइलाई ?
लकडाउमा म विकि डग विडर फाममा व्यस्त भईयो । लकडाउनले कसै सँग रिस, डाह, क्रोध गर्नु भन्दा आफ्नो कार्यमा ध्यान दिनु पर्ने रहेछ भन्ने पाठ सिकायो । जस्ले मरेर गएपनि भोलिका दिनमा समाजमा एउटा राम्रो छाप छोड्न सकोस् ।

अन्त्यमा, तपाईंका संगितप्रेमी श्रोता दर्शकलाई के भन्न चाहानुहुन्छ ?
मेरा सम्पुर्ण दर्शकहरुलाई म के भन्न चाहान्छु भने तपाईंहरुको मायाले नै म यो स्थानसम्म आइपुगेको छु । अझै साथ सहायोगको आसा गर्दछु । मेरालागि माया, अवार्ड, परिवार जे भनेपनि तपाईं दर्शक नै हुनुहुन्छ । अनि आफ्ना कुराहरु राख्ने अवसर दिनु भएकोमा फलैचा न्युज डट कम अनलाईन परिवारलाई पनि हृदयदेखि नै धन्यबाद दिन चाहान्छु । तपाईहरुको साथ सहयोगले गर्दा हामी आज दर्शकको मनमुटुमा बस्न सफल भएका छौ ।

Tags: अभिनेत्री एलिना बास्कोटाबी.के डग ब्रीडर
ShareTweetPin
Previous Post

यूरिया मल वितरण सुरु

Next Post

इटहरीमा थपिए ९ जना संक्रमित,संख्या १ सय १० पुग्यो

Next Post

इटहरीमा थपिए ९ जना संक्रमित,संख्या १ सय १० पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.