इटहरी । साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद गरेको यूरिया मल नेपाल भित्रिन सुरु भएको छ । पछिल्लो तीन दिनमा वीरगन्ज र विराटनगर नाका भएर तीन हजार सात टन यूरिया मल नेपाल भित्रिएको साल्ट ट्रेडिङले जनाएको छ ।
मंगलबार साँझ वीरगन्जमा रेलमार्फत एक ¥याक २५ सय टन र विराटनगरमा तीन दिनदेखि ट्रकमार्फत ५०७ टन यूरिया मल भित्रिएको छ । कर्पोरेसनले नेपाल भित्र्याउन जिम्मा पाएको ३२ हजार टनमध्ये तीन हजार टन मल नेपाल भित्रिएको हो ।
नेपाल भित्रिएको मल वितरण सुरु भइसकेको कर्पोरेसनले जनाएको छ । विराटनगरबाट भित्रिएको मल कृषि मन्त्रालयसँगको समन्वयमा राजविराज, लाहान देखि झापासम्म वितरणका लागि मल पठाइसकिएको साल्ट ट्रेडिङले जनाएको छ ।
वीरगन्जबाट भित्रिएको मल तराई र पहाडका जिल्लामा मिलाएर वितरण गरिने कर्पोरेसनका सूचना अधिकारी कुमार राज भण्डारीले जानकारी दिए ।