झापा । झापाको मेचि अस्पतालमा संचालन भएको पिसिआर परीक्षण बन्द भएको छ ।
भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा साउन २६ गतेदेखि सञ्चालनमा आएको पिसिआर परीक्षण सेवा आजदेखि बन्द भएको हो ।
पिसिआर प्रयोगशालामा चाहिने पिसिआर प्लेट कभर सकिएपछि सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी मनोजकुमार पोखरेलले जानकारी दिए ।
प्लेट कभर सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयसँग माग गरिसकेको अस्पतालले जनाएको छ ।