२१ घण्टाको अबधिमा कोरोनाका कारण ११ जनाले ज्यान गुमाए

इटहरी । कोरोनाका कारण पछिल्लो २१ घण्टाको अबधिमा नेपालमा थप ११ जनाले ज्यान गुमाएका छन् । संक्रमणका कारण महोत्तरीका ३, बाराका २, कैलालीका २, काठमाडौं, भक्तपुर, बाँके, र मोरङका एक–एक जनाको मृत्यु भएको हो । विराटनगरको न्यूरो अस्पतालमा महोत्तरीका एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।

साउन ३१ गते अस्पतालमा भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको गएराति ज्यान गएको हो । यसैगरी, मोरङमै विराटनगर महानगरपालिका–१५ की ४४ बर्षिया कोरोना संक्रमित महिलाको पनि उपचारका क्रममा ज्यान गएको छ । बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा गएराति ज्यान गएको अस्पताल प्रसासनले जनाकारी दिएको छ ।

यसैगरी काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका भक्तपुरका एक कोरोना संक्रमितको पनि गएराति ज्यान गएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा कैलालीको गोदावरी नगरपालिकाका ४५ वर्षीय पुरुषको पनि ज्यान गएको छ । कैलालीकै बर्दगोरिया गाउँपालिकाका एक ५० बर्षका पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको छ । भने, ललितपुरको पाटन अस्पतालमा काठमाडौंका ५४ वर्षिय पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

यसैगरी बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषको पनि संक्रमणका कारण ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । यता पर्साको वीरगन्जस्थित अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका बाराका २ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

संक्रमण पुष्टि भएपछि वीरगन्जको अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएकामध्ये एक जनाको हिजो बेलुकी र अर्का पुरुषको राती ज्यान गएको हो । ज्यान गुमाउनेमा हुनेहरुमा बाराको कलैयाका ६६ बर्षीय पुरुष र विश्रामपुर छतवाका ४२ बर्षीय पुरुष रहेको नारायणी अस्पतालले जनाएको छ ।

यसैगरी महोत्तरीको मनरा सिसवा नगरपालिका वडा नम्वर ५ का ७५ वर्षीय पुरुष र बलवा नगरपालिका वडा नम्वर ३ का ७७ वर्षीय पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ । यद्यपी यी ११ जनाकै संघीय स्वास्थ्य मन्त्रालयले भने मृत्यु भएको पुष्टि गरेको छैन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.