उदयपुर । ग्लोबल आइएमई बैंकले उदयपुरमा ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोल हस्तान्तरण गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री हस्तानान्तरण गरिएको बैंकले जनाएको छ । एक कार्यक्रमका बीच बैंकको गाईघाट शाखाका प्रबन्धक रविनराज दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायब निरीक्षक होमप्रसाद खनाललाई ट्राफिक संकेत बोर्ड तथा पोल हस्तान्तरण गरेका हुन् ।