शेयर बजारमा सकारात्मक सुरुवात

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । परिसूचक १२ दशमलव ७७ अंकले बढेर १४१० दशमलव ३४ बिन्दुमा पुगेको छ ।

अधिकांश लगानीकर्ताले विद्युतीय माध्यमबाट कारोबार गरेको शेयर बजारमा कुल १८४ कम्पनीको २४ लाख ९८ हजार कित्ता शेयर १ अर्ब १० करोड ८० लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ ।

आइतबार कारोबार भएका १२ समूहमध्ये तीन समूहको परिसूचक ओरालो लागेको छ भने बाँकी आठ समूहको परिसूचक भने उकालो लागेको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.