ड्युटीमा खटिएका प्रहरीटोली माथि हातपात

सोलुखुम्बु । ड्युटीमा खटिएका प्रहरीटोली माथि हातपात भएको छ ।

आइतबर सोलु दुधकुण्ड नगरपालिका ११ रमितेको एक होटलमा जाँडरक्सी खाएर होहल्ला गरिरहेका युवालाई सम्झाउन पुगेको प्रहरीटोली माथि एक्कासि हातपात भएको हो ।

दिउँसो करिब ३ः३० बजेको समयमा स्थानीय सन्तोष खड्काको होटलमा होहल्ला गरेको सूचना पाएपछि सम्झाउन पुगेको प्रहरीलाई ६ जनाको समूहले एक्कासि हातपात गरेको प्रहरी निरीक्षक मन्दिप चौहानले बताए ।

ती युवाले प्रहरी सहायक निरीक्षक सरयुग महतोको प्रहरी पोसाकमा लगाएको सिठीसमेत चुँडाइदिएका छन्। साथै उनीहरुले ती प्रहरीलाई लडाएर लात्तैलात्तै हान्नुका साथै क्यान बियरले समेत हानेर घाइते बनाएको प्रहरी नायव उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए ।

युवाहरुले प्रहरी सहायक निरीक्षक सहित ३ जना प्रहरी टालीमाथि ती युवाले हातपात गरेको प्रहरीले जनाएको छ । घटनाको विषयमा जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले साँझ ५ बजे उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। पाँच युवालाई घटनास्थलबाटै र एक जनालाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सिद्धिचरण नगरपालिका–६ ओखलढुंगाका २५ वर्षका विजय मगर, सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ८ बस्ने बर्ष २४ को शेरबहादुर मगर, ४५ वर्षका भीम बहादुर मगर, सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष ४० को चन्द्र बहादुर मगर, वर्ष ३८ को मोहन कार्की र ३५ वर्षका फुर्वा शेर्पा रहेका छन्।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.