एजेन्सी । मदिरा शेवनका कारण यौन संपर्कमा मुड हल्का बनाउँने तथ्य सार्वजनिक भएको छ । तर, अनुसन्धानमा जनाइएअनुसार मदिराको मात्रा बढी भएमा त्यसले यौन जीवनलाई बर्वाद बनाउँछ ।
मदिरा जब मस्तिष्क र शरीरमा हावी हुन थाल्छ तब यौन भावना हराउँछ । यौनको आनन्द महसुष गर्न सक्दैन । खासगरी महिलाले मदिरा पिएपछि यौन आनन्द अनुभूत नगर्नुको कारण मदिराले भेजाइन आसपासमा रक्त संचार जुन तिब्रतामा हुनुपर्ने हो, सो हुन दिदैन । साथै भेजाइनामा चिल्लोपन पनि कम आउँछ । यस्तो अवस्थामा महिलाका लागि यौन पीडादायी बन्न पुग्छ ।
यसअघि पनि भनियो कि नियन्त्रित मात्रामा लिइएको मदिराले यौनको इच्छा बढाउँछ । यो महिला र पुरुष दुबैमा लागु हुन्छ । तर, जब मदिराको नसा यौनको नसामाथि हावी हुनपुग्छ, तब पुरुषमा शिथिलता आउँछ । बढी मात्रामा मदिरा पिएपछि पुरुषले उस्तै सक्रियताका साथ र उहि गतिका साथ यौन क्रियामा भाग लिन सक्दैनन् ।
मदिरा पिएपछि पुरुषहरुमा यौन रुची त जाग्छ, तर सक्रियतासाथ यौन क्रियामा सहभागी हुन सक्दैनन् । मदिरा पिएको झोंकमा गरिने यौन क्रियामा कतिपय सावधानी अपनाइदैन । त्यसैले मदिरा र यौनलाई आपसमा जोड्नु उनीहरुका निम्ति घातक हुनसक्छ । वेहोशीमा होइन, पूर्ण होसमा सचेतापूर्वक यौनको आनन्द उठाउनु नै उचित हुन्छ ।