रामधुनी । युरिया मलको अभाव झेलिरहेका किसानहरुले अवको केहि दिनमै युरीया मल पाउने भएका छन् ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशनले प्रदेश नम्बर १ का १४ र प्रदेश नम्बर २ का सिराहा र सप्तरी जिल्लामा अवको केहि दिनमा युरीया मल उपलब्ध गराउने भएको हो ।
कोरोनाका कारण भारतबाट नेपाल ढुवानी गर्न समस्या भएकै कारण किसानले समयमा युरीया मल नपाउँदा किसानहरु चिन्तित बनेका छन् ।
किसानहरुको समस्यालाई मध्यनजर गर्दै अवको केही दिनमै कृषी सहकारीले किसानलाई युरिया मल वितरण गर्नेे प्रदेश नम्बर १ को भुमी व्यावस्था कृषी तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीले जानकारी दिए ।
भन्सार प्रक्रिया पुरा गरेर विराटनगर सम्म आएको युरीया साल्ट ट्रेडिङ्गले केहि दिन बाटै वितरण सुरु गर्ने समेत उनले बताए ।
साल्ट ट्रेडिङ्गले पुर्वमा ६ हजार टन युरीया ल्याउने भएको छ ।