प्रदेश १ मा थपिए ७० जना कोरोनाका संक्रमित , कहाँ कति

विराटनगर । प्रदेश १ मा आइतबार ७० जना कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार थप २७ महिला र ४३ पुरुषमा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । विराटनगरमा मात्रै १८ महिला र २४ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको छ । मोरङको बुढीगंगामा ४ महिला र १ पुरुष, केराबारीमा २ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीका १ महिला र ८ पुरुष, झापाको कमल गाउँपालिकामा १ महिला र २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, विर्तामोडमा २ महिला, कन्काईमा १ महिला, गौरादहमा २ पुरुष र स्थानीय तह नखुलेका १ पुरुषसहित धनुषाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ५९ पुगेको छ । प्रदेशबाट आइतबार कोरोनामुक्त भई २५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट २२ र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ३ जना डिस्चार्ज भएका हुन्।

प्रदेश १ मा कोरोनमुक्त हुनेको संख्या १ हजार २ सय ६७ पुगेको छ । यसैगरी मुलुकभर भने आज ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ८१ जना निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या १८ हजार ६ सय ३१ पुगेको छ । हाल देशभर १३ हजार १ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो विवरणअनुसार थप ३ जनाको कोरोनाबाट ज्यान गएको छ । मन्त्रालयका अनुसार झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको छ । यो सँगै नेपालमा मृतकको कुल संख्या १ सय ४९ पुगेको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.