करेन्ट लागेर मृत्यु

जब, क्रेनले विद्युतको तार छोयो..!

जब, क्रेनले विद्युतको तार छोयो..!

सोलुखुम्बु । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ८ स्थित सेतोमाने भन्ने स्थानमा जेसीवि क्रेन बोकेर सोलुखुम्बुबाट पोखरा जादै गरेको ट्रकमा रोडमाथी टागिएको बिद्युतको मेन तारमा करेन्ट लाग्दा २ जनाको घटनास्थलमानै मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक बाग्लुङ बडीगंगा गाऊपालिका ५ का २६ बर्षीय भुमिराज मरासैनी र सोही ट्रकमा सवार जेसिवि चालक स्याङजा का २३ बर्षीय राम परीयार छन् । घाईतेहरुमा ट्रकका सहचालक बाग्लुङ मालिटा गाऊपालिका ८ का १९ बर्षीय बसन्त पौडेल र राम परियारको श्रीमती २० बर्षीया लिला परियार रहेका छन् । घटनाको जानकारी पाए लगतै घाईतेहरुलाई उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल…
Read More
झापाको २ स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु

झापाको २ स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु

इटहरी । झापाको छुट्टा छुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भएकी उनको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याउदा मृत्यु भईसकेको थियो । त्यस्तै बिहीबार बेलुका कमल गाऊपालिका ७ लालधोन्द्रा स्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जा मोरङ बेलबारी नगरपालिका ४ का १४ बर्षीय सन्देश धिमालको सोही मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लैजानै क्रममा बाटैमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विगराटनगरले…
Read More
सेनाका जवानको करेन्ट लागेर ज्यान गयो

सेनाका जवानको करेन्ट लागेर ज्यान गयो

तेह्रथुम । तेह्रथुमको आठराई–५ होडा बस्ने २६ बर्षीय राजन बराईलीको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घर अगाडी रहेको बिजुलीको ट्रानसमिटरबाट आफुखुसी कालो तार जोड्ने क्रममा बराईलीलाई करेन्ट लागेर भुईमा खस्दा उनि वेहोस भएका थिए । वेहोस भएका बराईलीलाई उपचारार्थ लाने क्रममा उनको बाटोमै साझँ पौने ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । मृतक बराईली सिराहा शेर गणमा कार्यरत नेपाली सेनाको जवान रहेको खुल्न आएको छ ।
Read More
करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

झापा। फिदिमका २४ बर्षीय शिव तुम्बाहाम्फोको करेन्ट लागेर मृत्यु भएको छ । फिदिम घर भएका तुम्बाहाम्फो झापा बिर्तामोड स्थितमा आफ्नो सानीआमाको घरमा केही दिन अगाडी आएका थिए । सानीआमाकै घरमा आएको बेला घर नजिकै रहेको नालामा उनि माछा पार्न भनि गएका थिए । उनको नालामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साथै उनि संगै माछा मार्न गएका हरी प्रसाद रिमाललाई समेत करेन्ट लागेकोमा उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।
Read More

बेलबारीकी फुलकुमारीको करेन्ट लागेर मृत्यु

मोरङ । मोरङ बेलबारी ८ बस्ने २८ बर्षीया फुलकुमारी धिमालको करेन्ट लागेर ज्यान गएको छ । आफ्नै घरमा पंखा जोडने क्रममा अचानक करेन्ट लाग्दा धिमालको ज्यान गएको हो । करेण्ट लागि बेहोस भएकी फुल कुमारीको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Read More

पाँचथर र झापाका २ स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु

विराटनगर । पाँचथर र झापाका २ स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो साँढे ४ बजेको समयमा पाँचथरको याङवरक गाउँपालिका(४ बस्ने ४५ बर्षीय श्री प्रसाद काम्बाङको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा बिद्युतको तार सर्ट भई बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका काम्बाङलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर ल्याईएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यसैगरी झापाको अर्जुनधारा नगरपालिका(३ खुदुनावारी बस्ने २८ बर्षीया अन्जता राईको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार अपरान्ह पौने ६ बजे आफ्नै घरमा पंखा चलाउने क्रममा अचानक करेन्ट लागेर घाईते…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.