जब, क्रेनले विद्युतको तार छोयो..!

सोलुखुम्बु । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ८ स्थित सेतोमाने भन्ने स्थानमा जेसीवि क्रेन बोकेर सोलुखुम्बुबाट पोखरा जादै गरेको ट्रकमा रोडमाथी टागिएको बिद्युतको मेन तारमा करेन्ट लाग्दा २ जनाको घटनास्थलमानै मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा ट्रक चालक बाग्लुङ बडीगंगा गाऊपालिका ५ का २६ बर्षीय भुमिराज मरासैनी र सोही ट्रकमा सवार जेसिवि चालक स्याङजा का २३ बर्षीय राम परीयार छन् ।

घाईतेहरुमा ट्रकका सहचालक बाग्लुङ मालिटा गाऊपालिका ८ का १९ बर्षीय बसन्त पौडेल र राम परियारको श्रीमती २० बर्षीया लिला परियार रहेका छन् ।

घटनाको जानकारी पाए लगतै घाईतेहरुलाई उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठाईएको सोलु प्रहरीले जानकारी दिएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.