रामधुनी । इटहरीका तीनजना महिला स्वयंसेविकालाई इटहरी उपमहानगरपालिकाले सम्मान सहित विदाई गरेको छ । ६० बर्षे उमेरहदका कारण ३३ बर्षअघि देखि कार्यरत विष्णुतारा नेपाली, गंगादेवि नेपाल र गंगीया सरदारलाई सम्मान सहित उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले विदाई गरेका हुन् ।
उनिहरुलाई नगद रु ३० हजार रकम प्रोत्साहन भत्ता सहित विदाई गरिएको हो । विदाई कार्यक्रममा प्रमुख चौधरीले स्वयंसेविकाहरुले स्वास्थ्यक्षेत्रमा पुरयाएको योगदानको उच्च प्रशंशा गरेका थिए ।
उनले भने “राष्ट्र निर्माणका लागि स्वस्थ्य जनशक्तिको आवश्यकता पर्छ,स्वस्थ्य जनशक्ति निर्माणमा उहाँहरुको भूमिका प्रशंशनीय छ ।” इटहरीमा १ सय ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गरिरहेका छन ।

















