इटहरी । सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
बुधबार दुहबी नगरपालिका ८, सोनापुरस्थित रमपम चाउचाउ उद्योगअगाडि मोटरसाइकल दुर्घटना हुदा सुनसरीको गढी गाउँपालिका–२, भमरी बस्ने अन्दाजी २३ वर्षीय उत्तम चौधरीको मृत्यु भएको छ ।
मोटरसाइकलको पछाडि सवार मोरङको कटहरी गाउँपालिका ५ का अमन गुरुङ गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरिले जानकारी दिएको छ ।
तीव्र गतिमा रहेको प्रदेश २–०४७ प ११६४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जानकारि दिएको हो ।

















