ईटहरी । विराटनगर महानगरपालिका १७ इस्लामपुर स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका साइकलयात्री विराटनगर महानगरपालिका १८ का ३० वर्षीय सुशील मण्डललाई अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
शंका लागेर चेकचाँज गर्दा उनको साथबाट १२ मिलिग्राम ब्राउनसुगर फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















