ईटहरी । विराटनगर महानगरपालिका ७ पीपल चोकमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ७६ प ७८४६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङको कटहरी गाउँपालिका २ का २७ वर्षीय सागर भगत रहेका छन् । उनले चलाएको मोटरसाइकल स्थानीय दयाराम सिलवालको घरको कम्पाउण्ड वालमा ठोक्किएको थियो ।
भगतको उपचारको क्रममा रेडक्रस अस्पताल विराटनगरमा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

















