No Result
View All Result
Wednesday, February 4, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कहाँ चुक्दैछ वीरगन्ज महानगर, इन्जिनियरको सुझाव ‘राजनीति हैन विकास गर्नुहोस’

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ९, २०८०
in आलेख, मुख्य समाचार, समाचार, समाज, हेडलाइन
0
कहाँ चुक्दैछ वीरगन्ज महानगर, इन्जिनियरको सुझाव ‘राजनीति हैन विकास गर्नुहोस’
Share on FacebookShare on Twitter

वीरगन्ज नेपालको महानगर मध्येको एक हो । धरै मधेशी समुदाय रहेको यो महानगर अन्य महानगरको तुलनामा निकै पछि परेको छनक हुन्छ ।

तीन तहका सरकार मध्ये प्रभावकारी र प्रत्यक्ष कार्यकारिणी अधिकार सहितको स्थानीय सरकारका प्रमुख वीरगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंह आफ्नो अभिव्यक्तिमा केहि चुकेका प्रतिक्रिया आउन थालेका छ । जर्जर दलीय प्रतिस्पर्धामा रुमलिएको ठाउँमा दलबाट निर्वाचित भएका जनप्रतिनिधिबाट त्यतिधेरै आशा गर्ने ठाउँ त कहाँ छ र रु स्वस्थ्य सुन्दर विकासको नगर वीरगन्ज शहर नारा सहितको वीरगन्ज शहरमा मेयरको पछिल्ला अभिव्यक्तिले राजनितिक बढी विकास कमको संज्ञा दिन थालेको छ ।

केहि समय अघि वीरगन्ज महानगरका मेयरले एउटा सार्वजनिक कार्यक्रममा शिक्षाको विकासका लागि गोली चलाउन समेत तयार रहेको अभिव्यक्ति दिए ।

शिक्षाको विकास बोलेर र मन्चमा भाषण गरेरमात्रै हुँदैन भन्दै पर्साको सखुवा प्रसौनी गाउँपालिकाका इन्जिनियर अफजल हुसेनले मेयरको भनाईलाई क्रस फायर गरेका छन् । हुसेनले राजेश मान सिंहको नाममा खुल्ला पत्र लेखेर मेयरले दिएको अभिव्यक्ति दयनीय भएको प्रतिक्रिया दिएका छन् । मेयर सिंहले गोली गठ्ठा र बन्दुककै प्रयोग गरेर शिक्षाको सुधार गर्ने भाषण गरेका थिए ।

हुसेनले लेखेको पत्रको अंश यस्तो थियो ।

  • मेयर साहेब , बोलेर र मन्चमा भाषण गरेर शिक्षा क्षेत्रमा सुधार हुने भए उहिले ने हुने थियो । यहाँ ले बोल्ने क्रममा गोलि गाँठा र बन्दुक प्रयोग गरि शिक्षा सुधार गर्छु भनेर भासण गर्नु भयो ।
  • यदि तपाइँ शिक्षा क्षेत्रको सुधार गर्न चाहनु हुन्छ भने यस्तो तपाईको दयनीय अभिव्यक्तिले शिक्षामा सुधार हुन सक्दैन ।
  • यसबाट झन सुधारको साटो शिक्षा क्षेत्रमा बिक्रीती र तरास आउन सक्छ ।
  • मेरो बुझाइमा शिक्षा क्षेत्रमा सुधारको लागि शिक्षाविदको आवश्यकता छ अनि त्यसको लागि केही नीति नियमहरु छन जसलाई तपाईंले कार्यन्यन गर्नु पर्छ र नीति बनाउने तिर अग्रसर हुनु पर्छ ।

शिक्षा सुधारका लागि यहाँ लाइ सुझाव ः–
१– उच्च स्तरिय लेबलमा राष्ट्रिय शिक्षा आयोगको गठन
२– शैक्षिक प्रणाली भित्रका संरचना, नीति तथा नियमको प्रभावकारी कार्यान्वन
३– बिधालयको पाठ्यक्रममा, पाठ्यपुस्तक र शिक्षण बिधिका बिच तालमेल

अर्को रोचक कुरा,
विद्यार्थीहरुलाई पाठ्य पुस्तक मात्र पढाएर जाँच लिने शैली बाट शिक्षा अगाडी बढ्दैन । उनीहरुको मस्तिष्कको चौतर्फी बिकास हुने संरचना खडा गरेर यिनमा सबै बिद्यार्थी को पहुँच हुने गरि काम गर्नेतिर सोच्नु पर्छ ।

यता वीरगन्ज महानगरका मेयरले एउटा सामुदायिक विद्यालय नेपाल राष्ट्रिय विद्यापीठ माविको अनुगमन गर्दै गर्दा २४ जना शिक्षक कर्मचारी कारवाहीमा परेको भन्ने समाचार बाहिर आएसँगै हुसेनले नगरको शिक्षा समितिलाई पनि कारबाहीको दायरामा ल्याउन भनेका छन् । नगर शिक्षा समितिसँग पनि सोधपुछ गर्नुपर्ने हुसेनको आवाज छ । यदि महानगर भित्रको विद्यालयहरुमा यति हदसम्मको लापरबाही छ भने शिक्षा समितिले के गरेर बसेको छ रु भन्ने प्रश्न उनको छ ।

विकासको मोडल बोकेर पनि आफ्नो प्रोफेसरमा अडिग रहेका हुसैन वीरगन्जको बारेमा निकै चासो राख्ने व्यक्ति हुन । विकास जुन सुकै क्षेत्रको भएपनि त्यहाँ पहिला सिस्टमको विकास हुनु जरुरी हुन्छ भन्ने भनाई राख्ने उनले शिक्षासँगै
वीरगन्जमा महानगरमा स्वास्थ्यको पहुँचको प्रसंग लाई समेत अगाडी सारेका छन् । वीरगन्ज महानगरले काठमाण्डौ महानगरको जस्तै निशुल्क एम्बुलेन्स सेवा विस्तार गरेर सेवाग्राहीको पहुँच पुग्नेगरी हट लाइनको व्यवस्था गर्ने तर्फ अग्रसर हुन आव्हान गरेका छन् ।

विभिन्न राजनितिक पार्टीबाट जितेर नगर तथा महानगरको नेतृत्वमा पुगेकाहरुले विकास भन्दा राजनीतिलाई प्राथमिकतामा राखेको उनको आरोप छ । विकासको नाममा हामीलाई लिडर चाहिएको हो डिलर हैन भन्दै इन्जिनियर हुसेनले एकातिर बोल्ने र अर्को तिर का मगर्ने शैली विरुद्ध पनि खरो उत्रिएका छन् । उनले पुरै वर्क आउट गरेरमात्रै काम गर्नुपर्ने सल्लाह महानगरका मेयरलाई दिएका छन् ।

‘बीरगंज, मेयर साब केही काम यता र केही काम उता गरेर महानगर बिकसित हुदैन। एउटा काम गर्नु १००५ पूर्णताको साथ वर्क आउट गरेर मात्रै त्यसको सुरुवात गर्नुपर्छ ’ हुसैन लेख्छन् ।

गत साल सम्पन्न भएको स्थानीय निकायको निर्वाचनमा सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्षका लागि उम्मेद्वार बनेका हुसैन विश्व प्रशिद्ध इलेक्ट्रोनिक्स कम्पनी सिमेन्सका मध्ये पुर्व हेर्ने विष्ट इन्जिनियर हुन । पावर हाउस तथा टर्वाइन मेसिनका विज्ञ हुसैन मध्यपूर्वका विभिन्न देशको विकास साक्षी समेत हुन । विकासको मोडललाई नजिकैबाट हेरेका उनि लिडरका नाममा हामीले डिलरह उत्पादन गरेर राखेको बताउँछन् ।

लामो समयको वैदेशिक अनुभवले हुसेनलाई देशमै सेवा गर्ने तिव्र इच्छा छ । ‘जति कमाउनुपर्ने मैले कमाईसेकको छु अव मेरो विज्ञतालाई देशमै कुनै न कुनै हिसावले सदुपयोग गर्नु छ । ’हुसेनले हामीसँग भने । नेतृत्व भ्रष्ट हुनुका साथै काम सिस्टममा नहुनु नै मुलुकमा विकासको क्रम भंग हुनु हो भनेर भन्ने अफ जलले गत स्थानीय निर्वाचनमा समेत खराव मत ल्याएका हैनन् तर ग्रामिण परिवेशका जनताले अफजललाई बुझ्न सकेनन् या त अफ जलले बुझाउन सकेनन् ।

बेला बेला सखुवा प्रसौनी गाउँपालिकालाई समेत खबरदारी गरिरहेका हुसैन वीरगन्ज महानगरमा समेत आफु आउन सके विकासको क्रमभंगता गर्न सक्ने बताउँछन् ।

ShareTweetPin
Previous Post

ब्राउनसुगरसहित एक युवक पक्राउ

Next Post

चलचित्र पत्रकार संघ सुनसरीले ३ दिने वर्कशप गर्ने

Next Post
चलचित्र पत्रकार संघ सुनसरीले ३ दिने वर्कशप गर्ने

चलचित्र पत्रकार संघ सुनसरीले ३ दिने वर्कशप गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.