इटहरी । पाँच किलो सुनसहित विराटनगरका दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
बाँकेको नेपालगन्जबाट झण्डै ५ किलो सुनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले विराटनगरका रमेश सोनी र प्रकाश ठाकुरलाई ४ किलो ९ सय २७ दशमलव २ सय १८ ग्राम सुनसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, सोनी र ठाकुरले तयारी गरगहनासहित गहना बनाएर ल्याएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

















